spot_img

सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ छैन, भूमिका बढाउनुस् : मुख्यमन्त्री आचार्य

सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ छैन, भूमिका बढाउनुस् : मुख्यमन्त्री आचार्य
पाल्पा- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिपक्षीय सहकार्यले मात्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन सकिने बताउनु भएको छ ।

पाल्पास्थित रामतुलसी नमुना माध्यमिक विद्यालयमा शुक्रबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यले मात्र विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिने धारणा राख्नुभयो ।

`सामुदायिक विद्यालयको नतिजा खुम्चिएको छ । यसले चिन्ता थपेको छ । नतिजा सुधार्न गुणस्तरीय शिक्षा आवश्यक छ । यसका लागि यहाँहरूले भूमिका बढाउन जरुरी छ´ मुख्यमन्त्री आचार्यले भन्नुभयो`सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ छैन । सन्तोष गर्ने अवस्थामा पुर्‍याउन मेहनत बढाउन जरुरी छ ।´

मुख्यमन्त्री आचार्यले सामुदायिक विद्यालयप्रति समुदाय नै बढी जिम्मेवार हुनुपर्ने, अभिभावकले नियमित अनुगमन बढाउनुपर्ने र विद्यार्थीले पढाइप्रति रुचि बढाउनुपर्नेमा विशेष जोड दिनुभयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर