spot_img

सियारीमा सहकारीका लागि ३ दिने COPOMIS तालिम सम्पन्न

सियारीमा सहकारीका लागि ३ दिने COPOMIS तालिम सम्पन्न
रुपन्देही, सियारी
सियारी गाउँपालिका, हर्नैयामा आयोजित तीन दिने सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) सम्बन्धी तालिम आज सम्पन्न भएको छ।
बैशाख ८ गतेदेखि १० गतेसम्म संचालन भएको तालिमको उद्घाटन सियारी गाउँपालिकाको सभा हलमा गरिएको थियो। कार्यक्रममा सियारी गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख सुधिर पौडेल, सियारी सहकारी सञ्जालका अध्यक्ष सूर्यनारायण यादव र कोपोमिसका प्रशिक्षक योगमणि पाण्डे लगायतका व्यक्तित्वहरू उपस्थित रहेको थियो।
प्रशिक्षक पाण्डेले तालिम अवधिमा सहकारीमा सूचना व्यवस्थापनको आवश्यकता, प्रणालीको प्रभावकारी उपयोग र त्यसबाट प्राप्त हुने दीर्घकालीन लाभहरूबारे व्याख्या गरे। सहभागीहरूले तालिम प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए भने तालिमपछि उनीहरूलाई सहभागिताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो।
सियारी गाउँपालिका भित्र रहेका विभिन्न सहकारी संस्थाका करिब ४० जना पदाधिकारी र व्यवस्थापकहरू सहभागी रहेको यस तालिम कार्यक्रम मुस्कान कृषि सहकारी संस्था लिमिटेडका व्यवस्थापक सुरेन्द्र जयसवालको समन्वयमा सम्पन्न भएको हो।
यस तालिमले सियारी क्षेत्रका सहकारी संस्थाहरूमा व्यवस्थापन प्रणालीको सुदृढीकरण र पारदर्शिता कायम गर्न टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमको सञ्चालन पालिकाका सहकारी प्रमुख लक्ष्मी छेत्रीले गर्नुभएको थियो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर