spot_img

सिद्धार्थनगर भैरहवामा तेस्रो उपप्रमुख कप कराँते प्रतियोगिता सम्पन्न, दाङ जिल्ला प्रथम

सिद्धार्थनगर भैरहवामा तेस्रो उपप्रमुख कप कराँते प्रतियोगिता सम्पन्न, दाङ जिल्ला प्रथम
शुद्धोधन, वैशाख १०
तेस्रो उपप्रमुख कप लुम्बिनी प्रदेशस्तरीय कराँते प्रतियोगिता-२०८२ शनिबार भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता चेतनशिल लम्साल, शिक्षा शाखा प्रमुखले गरेका थिए। प्रमुख अतिथिको रूपमा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी तथा विशिष्ट अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा र नेपाल कराँते महासंघ लुम्बिनी प्रदेश अध्यक्ष पदम बस्नेत रहेका थिए।

त्यसैगरी, अतिथिका रूपमा नेपाल कराँते महासंघका केन्द्रीय सदस्य अमिर राई र कमला राना, जिल्ला उपाध्यक्ष बुद्ध श्रेष्ठ, रेफ्री कमिसन सचिव मोहनलाल थापा, मधुसुधन घर्ती, प्रतीक्षा बि.सी., राजकुमार परियार लगायतका पदाधिकारी तथा रेफ्रीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उमा अधिकारीले कराँते खेलाडीहरू अनुशासित र मर्यादित हुने गरेको उल्लेख गर्दै, यस्ता प्रतियोगिताले खेलकुद क्षेत्रमा सकारात्मक ऊर्जा दिन्छ भनेर प्रशंसा गरेकी थिइन्।

प्रतियोगितामा दाङ जिल्लाले ३ स्वर्ण, ४ रजत र ५ कांस्य पदकसहित प्रथम स्थान हासिल गर्न सफल भयो। त्यसैगरी, पाल्पा जिल्लाले ३ स्वर्ण, ३ रजत र २ कांस्यसहित दोस्रो स्थान प्राप्त गर्दा रोल्पाले ३ स्वर्ण र १ रजत पदकसहित तेस्रो स्थान हासिल गर्‍यो।

विभिन्न तौलसमूह (वेट क्याटेगरी) मा सम्पन्न भएको प्रतियोगिताका विजेता खेलाडीहरूले आगामी वैशाख ११, १२, र १३ गते काठमाडौंमा हुने “प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराँते प्रतियोगिता २०८२” मा सहभागिता जनाउने छन्।

कार्यक्रम कालिका कराँते एकेडेमीका अध्यक्ष कृष्ण देवकोटा संयोजकत्वमा तथा महासंघका जिल्ला अध्यक्ष सन्तोष सिंह सञ्चालनमा सम्पन्न भएको हो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर