दिनेश घिमिरे बुटवल –
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीमा रहेको दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता मध्य १ जनाको सव हिज र दुई को पनि सव फेला परेको जिल्ला प्रहरी कार्यलय प्रवक्ता एवं( D.S .P ) सुरज कार्कीले जानकारी दिनुभएको छ।
मृत्यु हुनेहरूमा लुम्बिनी साँस्कृतिक नगरपालिका स्थानीय १२ वर्षीय मुनु हरिजन, १३ वर्षीय उमेश यादव र १४ वर्षीय राज यादव छन् । दिउँसो पौडी खेल्ने क्रममा उनीहरू बेपत्ता भएका थिए । उनीहरूको खोजीका लागि नेपाल प्रहरी सशस्त्र प्रहरी बल खटिएको थियोे । बाके बाट आएको गोताखोरको स्पेशल टिम , शशत्र प्रहरी,र नेपाल प्रहरीक प्रयासमा आज बिहान शव फेला परेको छ ।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरुको खोजी कार्यमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय प्रवक्ता सुरज कार्कीले जानकारी दिदै गर्मी संगै दानव नधी तिनाउ नदिमा पौडी खेल्न जाने हरुको बढेकोले आ आफ्नो नानी बाबुलाई ख्याल गर्न जिल्ला प्रहरी कार्यलय र रुपन्देही प्रहरी प्रवक्ता कार्कीले जानकारी दिनु भयो ।यस्तै तिनाउ नदिमा डुबेर एक बालकको मृत्यु भएको छ बुटवल उपमहानगरपालिका ११ प्रगतिनगर बस्ने मान बहादुर रानाको छोरा वर्ष १० का दिपसन रानाको मृत्यु भएको हो साथीहरू संग खेल्न गएका दिपसन घरमा नआएपछी घरपरिवार र स्थानीय ले खबर गरेपछी देविनगर बाट प्रहरी टेकराज भण्डारी को कमाण्डमा गएको टोलि र स्थानीयले खोजी गर्दा खोलाको किनारमा मृत भेटिएका थिए रुपन्देहीमा विभिन्न ठाउँमा ४ को मृत्यु भएको छ ।



