spot_img

पश्चिम् बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रको भित्रे पात्रो बिबोचन तथा वृत्त रक्तदान कार्यक्रम बुटवलमा सम्पन्न

पश्चिम् बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रको भित्रे पात्रो बिबोचन तथा वृत्त रक्तदान कार्यक्रम बुटवलमा सम्पन्न
पश्चिम् बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रले बुटवलमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्रे पात्रो बिमोचन वृत्त रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले स्थापना को छोटो समयमा पश्चिम् बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रले महत्त्वपूर्ण काम को सुरुवात गरेकोमा धन्यवाद दिदै पश्चिम् बाग्लुङ का सबै पालिकासंग बुटवल उपमहानगरपालिकाले पश्चिम् बाग्लुङ रुपन्देही सम्पर्क केन्द्र संग समन्वय गरेर अगाडि बढन चाएको बताउदै त्यो वातावरण तयार गर्न आग्रह गर्नु भयो।
पश्चिम् बाग्लुङ को आलु कोदो मकै अन्य कृषिका सबै कुरालाई ब्यबस्थापन बुटवल उपमहानगरपालिका गर्ने र शिक्षा स्वास्थ्य पर्यटन बारेमा काम गर्ने बताउनु भयो ।
प्रमुख अतिथि पाण्डेले पश्चिम् बाग्लुङ बाट बुटवलमा बसाइँसराइ या भाडामा बस्ने जोकोहीलाई स्वास्थ्य शिक्षामा समस्या परेमा पालिकामा सम्पर्क गर्न आग्रह गर्दै पश्चिम् बाग्लुङ र बुटवल उपमहानगरपालिका सधैं सहकार्य गर्न तयार रहेको बताउदै पश्चिम् बाग्लुङका सबै पालिकाका जनप्रतिनिधि संग आफूले बिकास निर्माण को बारेमा छलफल गर्ने बताउनु भयो।

यस्तै कार्यक्रममा अध्यक्ष देव कुँवर ले पश्चिम् बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रको मुख्य उदेश्य पर्यटन संगै पश्चिम् बाग्लुङ र रुपन्देहीका जनप्रतिनिधि बिचको भाइचारा सम्बन्ध संगै बिकास निर्माणका बारेमा समेत छलफल गराउन आफुहरुले पुलको काम गर्ने बताउनु भयो।ढोरपाटन अर्थात वन्यजन्तुको साम्राज्य, जहाँ ३२ थरीका स्तनधारी वन्यजन्तु छन् ।अध्यक्ष कुँवरले १ सय ६४ प्रजातिका चराचुरुंगी । नाउर, झारल थार र हिमाली भालुलगायत दुर्लभ एवं संरक्षित पंक्षीहरु डाँफे, मुनाल, चिर आदिले यसलाई आफ्नो आश्रयस्थल बनाइरहेको बताउनु भयो ।उत्तरगंगा ढोरपाटनमा रहेको ढोर बराह मन्दिर धार्मिक हिसाबले प्रसिद्ध तीर्थस्थल हो । जनै पूर्णिमा, शिवरात्रिलगायत विभिन्न पर्वमा यहाँ तीर्थालुको भीड लाग्ने र ढोरपाटन आरक्षको हेटक्वाटरबाट ३ किलोमिटर पूर्वमा रहेको छ्यान्टुङ गुम्बा र तिब्बती बस्ती ढोरपाटनको अर्को आकर्षण तिब्बती शरणार्थीका जनजीवन, संस्कृति र रहनसहन बुझ्न छ्यान्टुङ पुग्नैपर्छ यस्तै अध्यक्ष कुँवरले पश्चिम् बाग्लुङका सवै पालिकासंग पश्चिम् बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रले शिक्षा स्वास्थ्य पर्यटन संगै सबै पालिका जनप्रतिनिधि कर्मचारी संग समन्वय गरि बिकासका काम गर्ने कुरामा जोड्ने बताउदै अहिले तमानखोला गाउँपालिका निसि खोला गाउँपालिका ढोरपाटन नगरपालिकाका र बडिगाड गाउँपालिका लाई मुख्य पर्यटन लाई जोड्ने बताउनु भयो।

कार्यक्रममा सल्लाहकार कृष्णमान कुँवर हरि कुँवर राम बहादुर चन्द सचिवालय सदस्य गिता के सी लगाएतले पश्चिम् बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रले बिकास संगै बाग्लुङ र रुपन्देहीलाई बिकासमा जोड्ने भनाई राख्नु भयो । पश्चिम् बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रले साथमा आफ्ना सदस्य बाट रक्तदान समेत गरेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य बरिस्ठ उपाध्यक्ष इन्द्रजित थापाले गर्नु भएको थियोे कार्यक्रमको सन्चलान महासचिव नरहरी भुसालले गर्नु भएको हो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर