spot_img

राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु बाणगंगाकाे नगरको अध्यक्षमा बलराम खनाल

राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु बाणगंगाकाे नगरको अध्यक्षमा बलराम खनाल

राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटी कपिलवस्तुकाे अध्यक्षमा बलराम खनाल चयन हुनुभएकाे छ । संगठनकाे दाेस्राे अधिवेशनबाट अध्यक्षमा खनाल सहित ३५ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएकाे हाे


आज सम्पन्न राष्टिय युवा संघ नेपाल कपिलवस्तु को वाणगंगा नगर अधिवेसन बाट अर्घाखाँची जन्म लिएर अर्घाखाँची देखि कपिलवस्तु आएका बलरामा खनाल राष्ट्रिय युवासंघ नेतृत्वमा पुगेका छ्न लामो समय देखि सामाजिक काम गर्दै आएका युवाहरुको रोजाइमा छन बलराम खनाल सबैसंग मिल्ने स्वाभाविक रुपले सबैलाई सहयोग गर्न चाहाना गर्छन हसिलो मुहारमा सबैलाई आदार सम्मान गर्ने खनाल कपिलवस्तु र रुपन्देहीका सयौं युवाको रोजाइमा पर्छन ।अधिवेशनलाई सम्बाेधन गर्दै नेकपा (एमाले) कपिलवस्तुका ईन्चार्ज गिरधारिलाल न्याैपानेले पार्टीलाई मजबुत र बलियाे बनाउनका लागि जनवर्गिय संगठनकाे अहम भुमिका रहेकाे बताउनुभयाे । पार्टीका केन्दिय सदस्य समेत रहनुभएका नेता न्याैानेले संगठन विस्तारमा जाेड दिनुपर्ने बताउनुभयाे ।
न्याैपानेले युवाहरु परिवर्तनका सम्वाहक भएकाले सम्पुर्ण युवाहरु समाज सुधार तर्फ लाग्नुपर्नेमा जाेड दिनुभयाे ।

पार्टीका केन्दिय निर्वाचन आयोगका सदस्य झबिलाल पाेख्रल, पार्टीका जिल्ला अध्यक्ष बाबुराम खनाल, प्देश कमिटी सदस्य डम्मर शर्मा, चक्रपाणि अर्याल, संगठनका केन्दिय स्थायि कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सह ईन्चार्ज धनु अधिकारी, पार्टीका नगर कमिटी अध्यक्ष साेमनाथ अर्याल, लगायतले मन्तब्य दिदैं संगठनलाई बलियाे बनाउनुपर्ने बताउनुभयाे ।

संगठनका अध्यक्ष कमल घिमिरेले संगठनकाे प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । राष्ट्रिय युवा संघ नेपालका जिल्ला ईन्चार्ज तेजेन्द्र पाण्डे, सह ईन्चार्ज गाेपालमणि ज्ञवालि, जिल्ला अध्यक्ष तिलक गिरि, प्रेस चाैतारि नेपाल कपिपलवस्तुका अधयक्ष बाबुराम रायमाझि लगायत अन्य पदाधिकारि, सदस्य लगायत नगरका प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे कार्यक्रम नगर कमिटीका सचिव टंक पाण्डेकाे संचालनमा सम्पन्न भएकाे हाे ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर