नेपाल रेडक्रस सोसाईटी शहरी पुर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्धन परियोजनाको आयोजनामा संकटासन्न टोल समुदाय लाई लागु औषध जोखिम न्युनिकरण तथा सडक सुरक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सन्चालन भएको छ ।
सैनामैना नगरपालिका, नेपाल रेडक्रस सोसाईटी र स्वीस रेडक्रसको संयुक्त साझेदारीमा संचालित शहरी पुर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्धन परियोजनाको आयोजनामा , लागु औषध दुव्यसनी सम्बन्धी अभिमुखिकरण सैनामैना७ र ८ मा लागु औषध दुब्र्यसन जोखिम न्युनिकरण तथा रोकथाम र सडक सुरक्षासंबन्धीअभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो
नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा सह सचीव दिनेश घिमिरे नेपाल रेडक्रस सहजकर्ता डिलिराज जोसि हरिसरा घर्ती , स्वयंसेवक घंस्याम पाण्डे तेज प्रसाद ढकाल लगाएत प्रस्तुतीकरणका बिषयहरु लागु औषध दुब्र्यसन जोखिम न्युनिकरण तथा रोकथाम सडक सुरक्षा बिपद जोखिम न्युनिकरण तथा जलबायु परिवर्तन अनुकुलन लगाएतको बारेमा जानकारी दिनु भएको हो।
कार्यक्रममा सहभागीहरुलाई वडा बिपद सम्पर्क ब्यक्तिबारे जानकारी, अति आबश्यक सेवा प्रदान गर्ने सम्पर्क नम्बरहरु, पुर्व सुचना प्रणाली र आपतकालिन खोज उद्धारका सामाग्रीहरु त्था परियोजनाबारे समेत जानकारी गराईएको थियो कार्यक्रममा सहभागीले टोल टोल मा यस्तै महत्त्वपूर्ण कार्यक्रम आवश्यक पर्ने बताएका छन ।
सैनामैना ७ हरियाली टोलका स्थानिय हरु सहित नेपाल रेडक्रस सोसाइटी शहरि पुर्ब तयारी तथा आपत्कालिन पुर्ब तयारी परियोजनाबाट तालिम प्राप्त स्वयंसेवक को टोलि द्वारा नमुना सामुदायिक बनमा ३दिन देखि फैलियको आगो नियन्त्रण गरियको छ।
आगो निभायर सकेपछी हरियाली टोलका ८१ जना स्थानियलाइ बिपद जोखिम ब्यबस्थापन र विभिन्न बिपदका समयमा कसरी पुर्बतयारी र प्रतिकार्य गरि हुन सक्ने क्षती लाई कम गर्न सकिन्छ भनी नेपाल रेडक्रस सोसाइटी शहरी पुर्ब तयारी तथा प्रतिकार्य प्रबर्धन परियोजनाबाट अभिमुखिकरण प्रदान गरियको थियो ।
कार्यक्रमको सभाध्यक्ष हरियाली टोल बिकास सन्स्थाका अध्यक्ष श्री भुवन बहादुर मिदुन रहनु भयको थियो भने सैनामैना ७ का वडा सदस्यहरु बाल कृष्ण पौडेल , झुमा काउचा दर्लामी र शर्मिला परियारले समेत आतिथ्यता र प्रक्षिक्षण दिनु भयको थियो भने स्वयसेवक रेशम पाण्डे ज्यु बाट ब्यबस्थापन सहयोग गरियको थियो ।कार्यक्रममा बिपद जोखिम ब्यबस्थापन जलबायु परिवर्तन अनुकुलन र स्वास्थ्य र सरसफाइ बारे अभिमुखिकरण परियोजनाका सामुदायिक सहजकर्ता डिल्ली राज जोशी ले गर्नु भयको थियो।भुकम्प बाट वचन घुडा टेकि गुडुल्की ओत लागि समातको अभ्यास प्रदर्शन हुनुका साथै आगो शरिरमा लागेको अवस्थामा गरिने लडिबुडिको अभ्यासको डेमो प्रदर्शन गर्नुका साथै आगो निभाउने क्रममा स्थानिय श्रोत साधनको सदुपयोग गरि आगो निभाउने तरिका हरुको प्रयोगात्मक अभ्यास गरियको थियोअस्थायी अग्नि रेखा निर्माण , माटो र स्याउला बाट बाहिरी श्रोत साधन सहयोगका लागि आयर प्रतिकार्य गर्नुभन्दा स्थानियको मदतले चाडो नियन्त्रण गर्न सकिने रहेछ भन्ने सिकाइ भयको स्थानिय हरुले बतायका छन ।सैनामैना नगरपालिका, नेपाल रेडक्रस सोसाईटी र स्वीस रेडक्रसको संयुक्त साझेदारीमा संचालित शहरी पुर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्धन परियोजनाको आयोजनामा , लागु औषध दुव्यसनी सम्बन्धी अभिमुखिकरण सैनामैना७ र ८ विभिन्न टोला मा लागु औषध दुब्र्यसन जोखिम न्युनिकरण तथा रोकथाम र सडक सुरक्षासंबन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।



