spot_img

कन्चन ४ मा लुम्बिनी साझेदारी कप २०८१ सम्पन्न,

लुम्बिनी साझेदारी कप २०८१ सम्पन्न, खेल क्षेत्रलाई राज्यले ध्यान नदिएको लुम्बिनी प्रदेशका भौतिक तथा पूर्वाधार बिकास मन्त्री भूमीश्वर ढकालको भनाई

२८ चैत्र, कञ्चन/ गोविन्द आचार्य
रुपन्देहीको कञ्चन गाँउपालिकामा अस्नैया युवा क्लव र लुम्बिनी साझेदारी बन व्यबस्थापन समूहको संयुक्त आयोजनामा राष्ट्रका लागि खेलकुद,स्वास्थका लागि खेलकुद“ भन्ने मूल नारालाई आत्मसात गर्दै यहि चैत्र १६ गते देखि शुरु भएको लुम्बिनी साझेदारी कप फुटवल प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।
समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रम प्रमुख अतिथी लुम्बिनी प्रदेशका भौतिक तथा पूर्वाधार बिकास मन्त्री भूमिश्वर ढकालले खेलकुदलाई राज्यले जति ध्यान दिनुपर्ने हो राज्यको आँखामा खेलकुद जति पर्नु पर्ने हो त्यति नपरेको गुनासो व्यक्त गर्नु भयो ।
साथै खेल क्षेत्रलाई विभिन्न सामाजिक सघं सस्था र क्लबहरुले स्थानिय सरकार प्रदेश सरकार र विभिन्न सघं सस्था सङ्ग जोडेर खेलकुदलाई अगाडि बढाउनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।
साथै अब खेल क्षेत्रलाई बिगतको भन्दा फरक तरिकाले तिनै तहका सरकारले नजिकबाट सहयोगी भावनाको तर्फबाट हेर्न आग्रह गर्दै खेल क्षेत्रलाई व्यवस्थापन गर्दै खेल सञ्चालनको लागि आवस्यक पर्ने कबड हल, खेल मैदान, स्टुडियम लगाएतका कामहरुलाई अगाडि बढाउन जरुरी रहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा कञ्चन गाँउपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले यूवाहरुलाई लक्षित गरी सञ्चालन गरेको प्रतियोगिता एकदमै सराहनीय भएको धारणा व्यक्त गर्नु भयो । साथै आफु लुम्बिनी साझेदारी बन व्यबस्थापन समूहको उपाध्यक्ष भएको बताउदै सो खेलका लागि रु ५ लाख रुपैयाँ सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।
आज भएको फाइनल खेलमा ईभोल्युसन क्लव अफ तामनगरलाई हराउदै देवदह ब्वाइजले लुम्बिनी साझेदारी कपको उपाधि हात पारेकाे हाे।
उपाधि हात पारे सङ्गै देवदह ब्वाइजले २ लाख रुपैया सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उप विजेता ईभोल्युसन क्लव अफ तामनगरले नगद १ लाख रुपैया सहित कप र मेडल प्राप्त गरेको छ ।
त्यसैगरी देवदह ब्वाइजका खेलाडी जर्शी न २२ का रिहान कार्की उत्कृष्ट खेलाडी भएका छन उनले नगद २५ हजार रुपैया र प्रमाणपत्र प्राप्त गरेका छन ।
अस्नैया युवा क्लवका अध्यक्ष दुर्गा राजकोटीको अध्यक्षता तथा हेम बहादुर थापाको सञ्चालन र श्रृजना थापाको स्वागतमा भएको प्रतियोगिताको समापन कार्यक्रममा जनप्रतिनीधि, आमा समूह, स्थानीय तथा खेल प्रेमी दर्शकहरुको सहभागिता रहेको थियो।
प्रतियोगिता अस्नैया युवा क्लबको २५ औं बार्षिकोत्सव एवं रजत महोत्सवको अवसरमा सञ्चालन गरिएको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर