रुपन्देहीको कन्चन १ साना किसान कृषि सहकारी संस्था लि. गजेडी
कञ्चन-१, बेलभरिया, रुपन्देही
उत्कृष्ट कार्य सम्पादनको लागि सकारात्मक सोच विषयक तालिम कन्चन १ प्रगति नमूना माध्यमिक बिद्यालयमा सम्पन्न भएको छ।कार्यक्रममा साना किसान सहकारी अध्यक्ष ओम प्रकाश शर्माले सहकारीका माध्यमबाट स–सानो पूँजी सङ्कलन गरी यसबाट आयआर्जन रोजगार तथा आफ्ना आवश्यकता पूरा गर्न सकिने हुदा
-स्थानीय श्रम सीप र पूँजीलाई अधिकतम रूपमा परिचालन गर्न सकिने बताउनु भयो
अध्यक्ष शर्माले समुदायका सदस्यले बचत गर्ने तथा समुदायकै सदस्यहरूलाई नै लगानी गर्ने हुनाले साना व्यापार व्यवसायको विस्तार र प्रवद्र्धनमा सहयोग पुग्ने हुदा सेयर सदस्य को सल्लाह अनुसार आफुहरुले काम गर्ने बताउनु भयो
सहकारीले व्यवसायिक संस्कृति तथा प्रवृत्तिको विकास गरेको छ जसको फलस्वरूपः उद्यमशिलताको विकास भएको छ-सहरी तथा ग्रामीण क्षेत्रमा स्वरोजगार सिर्जना गर्दै गरिबी घटाउने राष्ट्रिय लक्ष्य हासिल गरेको छ सामाजिक परिचालन र सशक्तीकरणमा योगदान पु¥याएको ।यस्तै कार्यक्रममा प्रगति नमुना माध्यमिक बिद्यालयका ब्यबस्थापन समिति अध्यक्ष चुरामणी पौडेलले सहकारीमा देखिने विविध प्रकारका समस्या र चुनौतीहरूलाई समाधान गर्नका लागि विभिन्न उपायहरू अवलम्बन गर्नुपर्ने बताउदै बिद्यालय मा महत्त्वपूर्ण कार्यक्रम राखेकोमा सहकारी लाई धन्यवाद दिदै निजि बिद्यालय भन्दा प्रगति माध्यमिक बिद्यालयमा राम्रो पढाइ हुने हुदा साना नानी बाबुलाई प्रगतिमा भर्ना गर्न सुझाव दिनु भयो।
यस्तै कार्यक्रममा प्रशिक्षक संगम महतले आफुले सफलता हासिल गर्दा सानोमा पाएका दुख कष्ट सहित आफ्नो बेदना सुनाउदै समुदायमा आधारित रही सदस्यको हितका लागि सामूहिक रूपमा काम गर्ने एकीकृत समूह नै सहकारी रहेको बताउदै -यो एक किसिमको सामाजिक र आर्थिक सङ्गठन हो जुन केही निश्चित उच्च मूल्यहरूमा आधारित रहेको र सहकारीहरू स्वैच्छिक, जनकेन्द्रित र स्वयंसेवी सङ्गठन रहेको र यसको मूल उद्देश्य सामूहिकताद्वारा विना शोषण मानवीय आवश्यकता पूरा गर्न स्थापना भएको हुन्छ, धेरै व्यक्तिहरू मिलेर सामूहिक रूपमा काम गर्ने प्रवृत्ति नै सहकारि रहेको बताउनु भयो ।कार्यक्रममा सल्लाहकार शिव पौडेल वडा न २ का वडा सदस्य भरतलाल यादव शिक्षक तथा सेयर सदस्य ददिराम लम्साल हाम्रो लुम्बिनी खवर का सन्चालक दिनेश घिमिरे लगाएतले संस्था को लागि शुभकामना दिदै सानाकिसान सहकारी ले किसान को बारेमा काम गरेको बताउनु भयो।
कार्यक्रममा स्वागत मन्तव्य संस्था को उपाध्यक्ष बसन्ती थारु गर्नु भएको हो कार्यक्रममा सहजीकरण सहायक प्रमुख रस्स्मी अर्यालले गर्नु भएको कार्यक्रममा सन्चलान संस्थाको प्रवन्धक बसनती चौधरी ले गर्नु भएको हो ।कार्यक्रममा विभिन्न समुह बाट ४ सय ११ जनाको सहभागीत्ता रहेको थियोे कार्यक्रममा उपस्थिति सेयर सदस्य ले महत्त्वपूर्ण कार्यक्रममा आयोजना गरेकोमा संस्था लाई धन्यवाद दिएका थिए अहिले साना किसान कृषिले दूध दहि घ्यू संगै घरमा आवश्यक किचन चुलो अन्य सामाग्री मल बिउ बिजन समेत वितरण गर्दै आएको छ ।



