नेपाल रेडक्रस सोसाईटी शहरी पुर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्धन परियोजनाको आयोजनामा संकटासन्न टोल समुदाय लाई लागु औषध जोखिम न्युनिकरण तथा सडक सुरक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सँचालन भएको छ
सैनामैना नगरपालिका, नेपाल रेडक्रस सोसाईटी र स्वीस रेडक्रसको संयुक्त साझेदारीमा संचालित शहरी पुर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्धन परियोजनाको आयोजनामा तथा ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गिया को सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमा लागु औषध दुव्यसनी सम्बन्धी अभिमुखिकरण ईलाका प्रहरी कार्यालयका रन्यौरा ईन्चार्ज आदित्य राज बिष्टले सम्बोधन गर्नु भएको थियोे कोटियामाई टोल बिकास संस्था सैनामैना ५ मा लागु औषध दुब्र्यसन जोखिम न्युनिकरण तथा रोकथाम र सडक सुरक्षासंबन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सभाध्यक्ष जंग बहादुर के.सी (अध्यक्ष कोटियामाई टोल बिकास संस्था सैनामैना ५)
प्रमुख अतिथि श्री पदमपानी चापागाई (सदस्य सैनामैना नगरपालिका वडा न ५)
अतिथिहरु ः श्री दिनेश घिमिरे नेपाल रेडक्रस सोसाइटी उपशाखा सैनामैना
ईलाका प्रहरी कार्यलय रन्यौरा आदित्य राज बिष्ट
सहजकर्ताहर प्रकाश दत्त जोशी हरिसरा घर्तिमगर डिल्ली राज जोशी ले विभिन्न प्रस्तुतीकरणका बिषयहरु लागु औषध दुब्र्यसन जोखिम न्युनिकरण तथा रोकथाम सडक सुरक्षा बिपद जोखिम न्युनिकरण तथा जलबायु परिवर्तन अनुकुलन लगाएतको बारेमा जानकारी दिनु भएको हो।
कार्यक्रममा सहभागीहरुलाई वडा बिपद सम्पर्क ब्यक्तिबारे जानकारी, अति आबश्यक सेवा प्रदान गर्ने सम्पर्क नम्बरहरु, पुर्व सुचना प्रणाली र आपतकालिन खोज उद्धारका सामाग्रीहरु त्था परियोजनाबारे समेत जानकारी गराईएको थियो कार्यक्रममा सहभागीले टोल टोल मा यस्तै महत्त्वपूर्ण कार्यक्रम आवश्यक पर्ने बताएका छन ।



