spot_img

सैनामैना वडा न ७ र ८मा टोल समुदाय लाई बिपद जोखिम न्युनिकरण अभिमुखिकरण कार्यक्रम सुरु

नेपाल रेडक्रस सोसाईटी शहरी पुर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्र्धन परियोजनाको आयोजनामा संकतटासन्न टोल समुदाय लाई बिपद जोखिम न्युनिकरण, जलबायु परिबर्तन अनुकुलन र स्वास्थ्य सरसफाई सम्बन्धी अभिमुखिकरण कार्यक्रमका सैनामैना का वडा तथा विभिन्न टोलमा सँचालन भएको छ ।सैनामैना नगरपालिका, नेपाल रेडक्रस सोसाईटी र स्वीस रेडक्रसको संयुक्त साझेदारीमा संचालित शहरी पुर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्र्धन परियोजनाको आयोजनामा सैनामैना ८ बाँसगढी टोलको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो सुपर परियोजना सहजीकरण तथा प्रशिक्षक डिलिराज जोसीले जानकारी दिनु भयो। कार्यक्रममा सभाध्यक्ष जग्गु प्रसाद थारु देबी टोल बिकास संस्था सैनामैना ७ र
अतिथिहरु झुमा काउचा दर्लामी सदस्य सैनामैना नगरपालिका वडा न ७
बालकृष्ण पौडेल सदस्य सैनामैना नगरपालिका वडा न ७ दिनेश घिमिरे नेपाल रेडक्रस सोसाइटी दुधराक्ष उप शाखा स सचीव लगाएकोले कार्यक्रममा आ आफ्नो भनाइ राख्दै कार्यक्रम सफलता को शुभकामना दिनु भएको थियोे
यस्तै कार्यक्रममा सहजकर्ताहरु झुमा काउचा दर्लामी बालकृष्ण पौडेल दिनेश घिमि मधु गौतम हरिसरा घर्तिमगर डिल्ली राज जोशी लगाएतले विभिन्न
प्रस्तुतीकरणका बिषयहरु प्रस्तुत गर्दै
भुकम्प ,सडक दुर्घटना ,बाढी डुबान तथा कटान ,आगलागी ,चट्यागं
जलबायु परिबर्तन अनुकुलन
स्वास्थ्य तथा सरसफाई
डेमोहरु
घुँडा टेकी गुडुल्की , ओत लागि समातको अभ्यास भुकम्पीय सुरक्षाका लागि
लडीबुडी गरि शरिरको आगो निभाउने अभ्यास शरिमा लागेको आगो निभाउनका लागि
ग्याँसमा लागेको आगो निभाउने अभ्यास भान्छाबाट हुने आगलागि नियन्त्रणका लागि लगाएत को बारेमा प्रशिक्षण दिनु भएको थियोे । यस्तै सैनामैना ८ शिद्दिविनायक टोल सभाध्यक्ष ः श्री सिता पाण्डे अतिथिहरु दुर्गामाया श्रोष्ठ –कार्यपालिका सदस्य सैनामैना नगरपालिक दिनेश घिमिरे बिष्णु प्रसाद काफले अध्यक्ष गणेश मन्दिर ब्यबस्थापन समिति तेज प्रसाद ढकाल दिनेश घिमिरे घनश्याम पाण्डे हरिसरा घर्तिमगर डिल्ली राज जोशि लगाएत ले आपत्ति समयमा रेडक्रसले गर्ने पुर्व तयारी र अपनाउनुपर्ने कुराको बारेमा जानकारी दिनु भएको थियोे भोलिको कार्यक्रम सैनामैना ५ मा सन्चालन हुने प्रशिक्षक तथा सुपर परियोजना सहजकर्ता डिल्लि जोशिले जानकारी दिनु भयो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर