सुदुरपश्चिमका प्रदेश प्रमुखद्धारा लुम्बिनी केबलकार अवलोकन भ्रमण
बुटवल चैत्र–२१
सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले आज लुम्बिनी केबलकारको अवलोकन भ्रमण गर्नुभएको छ । कार्यक्रमहरुमा सहभागी हुनका लागि बुटवलमा आउनु भएका प्रदेश प्रमुख मियाँले लुम्बिनी केबलकारको अवलोकन भ्रमण गर्नुभएको हो । प्रदेश प्रमुखलाई लुम्बिनी केबलकारका अपरेशन म्यानेजर डिएन कायस्थले स्वागत गर्नुका साथै लुम्बिनी केबलकारको बारेमा जानकारी गराउनु भएको लुम्बिनी केबलकार लिमिटेडका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।
छोटो समयमा निर्माण कार्य भई सञ्चालनमा आएको लुम्बिनी केबलकारले नेपाल र विषेशगरी लुम्बिनी प्रदेशको पर्यटन प्रर्वधन विकाशमा योगदान पु–याएकोमा प्रदेश प्रमुखले प्रशंसा गर्दै नेपालको विकाश र पर्यटनको प्रचुर संभावना रहेको सुदुरपश्चिम प्रदेशमा विकाश निर्माण कार्यले गति हासिल गरिरहेको बताउनु भएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।


लुम्बिनी केबलकार लिमिटेडको वि.सं.२०७७ साल फाल्गुण १ गते प्रधानमन्त्री केपि शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो भने वि.सं. २०८० साल जेठ २५ गते पूर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो । कोभिडको लकडाउन लगायतको समयमा पनि झण्डै १४ महिनाको छोटो अवधिमा केबलकार निर्माण भई सञ्चालनमा आएको थियो । लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार भएको र विश्व विख्यात केबलकार निर्माता कम्पनी डोपलमायर कम्पनीको पछिल्लो र अत्याधुनिक प्रविधिबाट लुम्बिनी केबलकारको निर्माण गरिएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।
लुम्बिनी केबलकारको बुटवल उपमहानगरपालिका वडा नं.–३ मा बटम स्टेशन तथा तिनाउ –३ पाल्पामा टप स्टेशन रहेको छ । १२ मिनेटको केबलकारको यात्राबाट तिनाउ –३ पाल्पा बशन्तपुरमा पुग्न सकिन्छ । टप स्टेशन बशन्तपुरमा नेपालको प्रमुख धाम मध्येको एक शक्तिपीठ माँ कामाख्याका मन्दिर रहेको छ । केबलकारको टप स्टेशन परिसरमा जीप लाइन, स्काई साइक्लिङ्ग, जाइन्ट स्विङ्ग एवं बालउद्यान रहेका छन्



