spot_img

एसईई दिएका विद्यार्थीहरुलाई केबलकारको यात्रामा विषेश छुट

एसईई दिएका विद्यार्थीहरुलाई केबलकारको यात्रामा विषेश छुट
एसईई २०८१ सहभागि विद्यार्थीहरुलाई लुम्बिनी केबलकारले केबलकारको यात्रामा विषेश छुट दिने भएको छ । लामो समयदेखि परीक्षाको तयारी गरी परीक्षा सम्पन्न गरेका विद्यार्थीहरुलाई रिफ्रेस गराउने उद्देश्यका साथ विद्यार्थीहरुलाई विषेश छुटको व्यवस्था गरिएको लुम्बिनी केबलकार लिमिटेडका अपरेशन म्यानेजर डिएन कायस्थले बताउनु भयो । विषेश छुट सुबिधा प्राप्त गर्नका लागि विद्यार्थीहरुले एसईई परीक्षामा सहभागि भएको प्रवेश पत्र देखाउनु पर्नेछ भने केबलकारको दुईतर्फि यात्राको रु ५ संय रुपैया मात्र कायम गरिएको छ । यो छुट अफर यही चैत्र १६ गतेदेखि लागु भई चैत्र २२ गते सम्म ७ दिन सम्म कायम रहने लुम्बिनी केबलकार लिमिटेडका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।


विषेशत पर्यटकीय यात्राले विद्यार्थीहरुको ह्दयमा अनुभूति, जोस र जाँगर पैदा गर्दछ । यात्रा आफैमा पनि एक शिक्षा प्राप्तिको माध्यम हो । त्यसैले यात्रालाई खुल्ला विद्यालयको रुपमा पनि लिने गरिन्छ । विद्यार्थीहरुको सर्वाङ्गिण विकाशको यात्रा, भ्रमण पनि एक अति आवश्यक पक्षको रुपमा लिने गरिन्छ । आधुनिक समयमा सूचना प्रविधिको विकाश संगसगै विद्यार्थीहरुले हरेक क्षेत्रका गतिबिधिहरुलाई सजिलै देख्न, बुभ्mन सक्ने तर चेतना आर्जन गर्नका लागि र अनुभूति गर्नका लागि भने यात्रा अनिवार्य हुने विज्ञहरु बताउछन् ।


केबलकारको यात्रा गर्दा स्थान विषेश अनुसार फरक–फरक अनुभूति प्राप्त हुने गर्दछ । यसै गरी लुम्बिनी केबलकारको यात्रामा पनि यस्तै फरक अनुभूति प्राप्त हुने गरेको पाईएको छ । केबलकारको टप स्टेशनमा रहेको पाल्पाको बशन्तपुर डाँडा उचाईको हिसाबले चुरे पर्वत श्रृखलाको मध्य भागमा अवस्थित छ भने चुरेको उचाईको स्थान मध्येको एक अग्लो स्थानमा पर्दछ । पहाडको उचाईबाट तराईको समथर भूमिको दृश्यालोकन गर्नुका साथै महाभारत पर्वत श्रृखलाहरुको दृश्यालोकन र उचाईको अनुभूति गर्दै अन्नपूर्ण हिमाल हिमश्रृखला सम्मको दृश्यालोकन गर्न सकिन्छ । सदावहार बगिरहने तिनाउ नदी, चुरेको हरियो प्राकृतिक वनजंगल, दर्जनौको संख्यामा कलकल बगिरहने पानीको मुहानहरु, धुलोधँुवा र आवाज नआउने अटोमेटिक प्रणालीबाट चल्ने केबलकारको यात्राको अनुभूति अविश्मरणीय हुने गर्दछ ।


लुम्बिनी केबलकारको बुटवल उपमहानगरपालिका वडा नं.–३ मा बटम स्टेशन तथा तिनाउ –३ पाल्पामा टप स्टेशन रहेको छ । १२ मिनेटको केबलकारको यात्राबाट तिनाउ –३ पाल्पा बशन्तपुरमा पुग्न सकिन्छ । टप स्टेशन बशन्तपुरमा नेपालको प्रमुख धाम मध्येको एक शक्तिपीठ माँ कामाख्याका मन्दिर रहेको छ । केबलकारको टप स्टेशन परिसरमा जीप लाइन, स्काई साइक्लिङ्ग, जाइन्ट स्विङ्ग एवं बालउद्यान रहेका छन् ।

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर