रुपन्देहीमा चोरी तस्करीमा सहजीकरण गर्ने प्रहरी नायब निरीक्षक अख्तियारको फन्दामा
रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले घुस प्रकरणमा पक्राउ गरेको छ प्रहरी चौकी दुर्गाैलिया रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)खड्का भन्सार चोरी तस्करी गर्न सहजीकरण गर्ने क्रममा रंगेहात अख्तियारको फन्दामा परेका हुन् । ३० हजार रुपियाँ नगद लिने क्रममा अख्तियारको टोलीले खड्कालाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ । खड्का प्रहरी चौकी दुर्गौलियाका इन्चार्ज समेत हुन् ।



