पश्चिम नवलपरासीको बर्दघाटमा स्कुल वस र यात्रुवाहक बस एकआपसमा ठक्कर खादा २० जना घाईते भएका छन्।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं २ र ४ को सिमानामा पर्ने चिसापानी सामुदायिक अस्पताल अगाडी भएको दुर्घटनामा १४ बिद्यार्थी र ६ अन्य यात्रु घाईते भएको स्थानीयले बताएका छन्।नवलपरासी सुस्ता गाउपालिका प्राविधीक बिरेन्द्र मण्डल चढेको बा २ ब ६५४९ नम्वरको मोटरसाईकलले अचानक सडक पार गरेपछि सुर्खेतबाट पोखरा तर्फ जादै गरेको ग २ ख १५७४ नम्वरको बसले उक्त मोटर साईकललाई ठक्कर दिएको थियो।
मोटरसाईकललाई ठक्कर दिएको उक्त यात्रुवाहक बस अनियन्त्रीत भई सडकमा रोकेर बिद्यार्थी चढाउदै गरेको बर्दघाट नगरपालिका वडा नं १२ भुताहको ग्लोवल एकेडेमीको लु १ ख ८७० नम्वरको बसलाई ठक्कर दिएको थियो।
पश्चिम नवलपरासीको बर्दघाटमा स्कुल वस र यात्रुवाहक बस एकआपसमा ठक्कर खादा २० जना घाईते
प्रतिक्रिया



