सेमी,तिमी र म !
कविता
डीबीजी
हेरिरहन्छु फुलेका सेमीका फूल
अनि
काेषा लागेका सेमी पनि
चैतमास
आकास ताकेका फूल र सेमी
मनले आनन्द मान्छ
एकनासै हेरेर
जसरी परदेशिएकाका बाटाे हेर्छन्
दैला कुर्नेले !
अचेल सेमीजस्तै लाग्छ तिमी
तिमीजस्तै लाग्छ सेमी
केवल आशाकाे खेती
खेतीकाे आशा !
म हेरिरहेकाे छु
सेमी,फूल र तिमीलाई !
सेमी,तिमी र म !
प्रतिक्रिया



