spot_img

रुपन्देहीको सैनामैना सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

रुपन्देहीको सैनामैना सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

रुपन्देहीको सैनामैनास्थित सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको संयुक्त प्यानल विजयी भएको छ । नेविसंघविरुद्ध संयुक्त प्यानल बनाएका अनेरास्ववियुका विज्ञान पाण्डेले ३१३ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेविसंघका मौसम थापाले २५२ मत ल्याएका थिए ।त्यसैगरी सचिवमा हिमनारायण पौडेल, कोषाध्यक्षमा मेलिना मगर विजयी भएका छन्।सदस्यहरू पनि यही विजयी भएका छन् । सदस्यमा सन्दिका बन्जाडे, अमृत बिक, अमित थारु, आशिका काफ्ले, मयंक कार्की ले अत्यधिक मत लिएर विजयी भएका हुन् । यश अघि सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा नेविसंघको नेतृत्व थियोे अहिले अनेरास्ववियुले जित्न सफल भएको हो ।यस्तै निर्वाचन र मतदान ग्रणनामा सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद दिदै बिजयी टिमलाई बिद्यालय को हक हितमा काम गर्ने मा आफू विश्वास रहेको निर्वाचन अधिकृत दिनेश पन्थीले बताउनु भयो सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा ८७२ बिद्यार्थी रहेकोमामा जम्मा ६९६ भोट खसेको थियोे साझ ८ बजे सुरु भएको मत ग्रणना राती १ बजे सकिएको थियोे ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर