spot_img

रात्रीकालीन बजार सञ्चालनको माग गर्दै बुटवलसहित चार पालिकाले बुझाए सिडिओलाई ज्ञापनपत्र

रात्रीकालीन बजार सञ्चालनको माग गर्दै बुटवलसहित चार पालिकाले बुझाए सिडिओलाई ज्ञापनपत्र

रूपन्देहीमा रात्रीकालीन बजार सञ्चालनको माग गर्दै बुटवल उपमहानगरपालिकासहित चार स्थानीय तहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।ज्ञापनपत्र बुझाउनेमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिका रहेका छन् ।जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चपाईसहित बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण, सिद्वार्थनगर नगरपालिकाका प्रमुख इस्तिहाद अहम खाँ र सैनामैना नगरपालिकाका नगर प्रमुख फणीन्द्र शर्माको टोलीले आज दिउँसो रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाएको हो ।बुटवलको कालिका पथमा रात्रीकालीन बजार सञ्चालन गर्ने बिषयमा सरोकारवालाहरूबीच पटकपटक छलफल भइ सहमति भए पनि अझैसम्म कार्यान्वयन हुनसकेको छैन ।

सरोकारवावाहरूसँग पटकपटक छलफलपछि बुटवल उपमहानगरपालिकाले बुटवलको कालिकापथमा रात्रीकालीन तथा ट्राफिक चोक र अमरपथमा राति ११ बजेसम्म बजार सञ्चालन गर्ने योजना अगाडि सारेको नगर प्रमुख पाण्डेयले जानकारी दिए ।
रात्रीकालीन बजार सञ्चालन गर्ने उदेश्यले प्रस्तावित क्षेत्रमा हाइमास्ड लाइट,सिसिटिभि क्यामेरा जडानलगायतका पुर्वाधार तयार भइरहेको उनले बताए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर