spot_img

सुतिरहेको ठाउँबाटै बेपता भएका महेश पाँच दिनपछि मृत भेटिए

सुतिरहेको ठाउँबाटै बेपता भएका महेश पाँच दिनपछि मृत भेटिए
तनहुँ भीमाद नगरपालिका–२ धरमपानीबाट बेपत्ता ३६ वर्षीय महेश सुवेदी मृत फेला परेका छन् । घरमा सुतिरहेका उनी फागुन १७ गते बिहान बेपत्ता भएका थिए ।

सुवेदीको खोजीका लागि परिवार तथा आफन्तले प्रहरीमा निवेदन दिएका थिए । खोजी गर्ने क्रममा भीमाद वडानम्बर २ को सालिमे पुछार र स्याङ्जाको हरिनास गाउँपालिकाको सीमामा रहेको कुलुङखोला किनारमा उनी मृत भेटिएका हुन् ।

राति परिवारसहित सुतेका महेश बिहान कोठामा हेर्दा नदेखेपछि परिवारले खोजी थालेका थिए । बिहान सवा ५ बजे सम्पर्कमा आएको र त्यतिबेला आफू कहाँ छु भन्ने थाहा नभएको बताएलगत्तै मोबाइल अफ भएको परिवारले जनाएको थियो ।

उनको शव खोला किनारमा भेटिएपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर पोषण केसीको टोली पुगेको थियो । सुवेदीको शव पोस्टमार्टमका लागि दमौली जिल्ला अस्पताल तनहुँमा राखिएको छ । बिहीबार नै उनको शव देवघाट पु¥याएर अन्तेष्टि गरिने परिवारले जनाएका छन् ।

उनको मृत्यु कारणबारे पोस्टमार्टमपछि जानकारी हुने प्रहरीले जनाएको छ । महेश हाल कावासोती नगरपालिका वडानम्बर ३ मध्यविन्दु टोल बस्दै आएका थिए । महेश, ठूली छोरी र आफू कावासोती बस्दै आएका थिए भने सानी छोरी र श्रीमती लमजुङ बस्दै आएका छन् ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर