spot_img

कुलमान घिसिङ्गलाई हटाउन लागेको बिरोधमा बुटवलमा चक्काजाम

कुलमान घिसिङ्गलाई हटाउन लागेको बिरोधमा बुटवलमा चक्काजाम
२४ फागुन, बुटवल/रवि राना
नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई निलम्बन गर्न लागिरहेको बिरोधमा पूर्व पश्चिम महेन्द्र राजमार्ग स्थित तामनगरमा ३० मिनेट चक्काजाम गरिएको छ।
तामनगर ब्याडमिन्टन क्लब, तामनगर व्यापार समिति र इभोलुसन क्लब अफ बुटवल एवं विभिन्न टोल विकास समितिहरू र संघसंस्थाहरूको संयुक्त आयोजनामा उक्त चक्काजाम भएको हो।
दैनिक १८ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवही कमाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागिपरेका छन्। २०८० भदौ २९ गते ४ वर्षका लागि नियुक्त भएका घिसिङ्गलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैसाखी टेकेर हटाउन लागिएको षड्यन्त्रको विरोध गर्दै जनस्तरबाट पहिलो पटक बुटवलमा चक्काजाम गरिएको हो।
लोडसेडिङ सधैंका लागि अन्त्य गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानमा सम्पूर्ण नेपालीहरू एकजुट भई अगाडि बढ्न र उज्यालो अभियानका प्रणेताका रुपमा स्थापित कुलमान घिसिङ्गलाई साथ दिन र्इभुलोसन क्लबका अध्यक्ष राम बहादुर पुनले अनुरोध गर्नुभयो।
यस्तै क्लबका सदस्य टिकाराम भट्टराई र विभिन्न संघसंस्थाका पदाधिकारी, तामनगर व्यापार सङ्घका पदाधिकारी, लगायत विभिन्न टोल विकास संस्थाका पदाधिकारीले कुलमान घिसिङ्गलाई हटाए शासक दलहरुको हैसियत पनि जिरो बनाइदिने समेत बताएका थिए।
यम प्रसाद गलामीको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन इभोलुसन क्लबका सचिव हेमन बलालले गर्नुभएको थियो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर