नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको भोलि निर्वाचन हुने
मुख्य प्रतिष्पर्धीमा काग्रेस, एमाले
शंकर भण्डारी
बुटवल – रुपन्देहीको सफल खानेपानी आयोजना मध्येको एक नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको भोलि फाल्गुण २४ गते कार्यसमिति, लेखा समिति र अनुगमन समितिको निर्वाचन हुने भएको छ । कार्यसमिति अध्यक्ष, उपाध्यक्ष, सचिब, सहसचिब, कोषाध्यक्ष सहित १२ जना सदस्य गरी १७ जना लेखा समितिमा १ जना संयोजक सहित ३ जना र अनुगमन समितिमा १ जना सदस्य सहित ३ गरी २३ पदमा निर्वाचन हुन लागेको हो ।
कार्यसमिति, लेखा र अनुगमन गरी २३ पदमा ६९ जनाको उम्मेदवारी परेकोले निर्वाचन गर्न लागिएको निर्वाचन समितिका संयोजक यज्ञमुर्ति भण्डारीले बताउनु भयो । निर्वाचन भोलि बिहान ८ बजेदेखि शुरु हुने र अपरान्ह ४ बजेसम्म मतदान स्थलमा प्रवेश गरेको उपभोक्ताले मतदान गर्न पाउने निर्वाचन संयोजक भण्डारीले बताउनु भयो । खानेपानीको मतदान स्थल नयाँगाउँ मा.वि.मा तोकिएको छ ।
नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा ४७०७ जना मतदाता रहेका छन् । बुटवल उपमहानगरपालिका वडा नं. १२ र १३ बासिन्दाहरुलाईलाई खानेपानी आपूर्तिको मुख्य स्रोतको रुपमा नयाँगाउँ खानेपानी रहदै आएको छ ।
नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको विधानमा उपभोक्ताहरुलाई खानेपानी आपूर्तिको लागि ७ वटा व्लकको निर्माण गरिएको छ । भोलि हुने निर्वाचनमा व्लकको आधारमा ७ स्थानबाट मतदान हुनेछ ।
मतदाताको सहजताको लागि ३ प्रकारका मतपत्र निर्माण गरिएको छ । कार्यसमितिका मुख्य ५ जना पदाधिकारीहरुलाई पहेलो रंग लेखा समिति र अनुगमन समितिको लागि हरियो र कार्यसमितिका सदस्यहरुलाई निलो रंगको मतपत्रको व्यवस्था गरिएको र मतदानको लागि स्वस्तिक चिन्हको प्रयोग हुने मतदानको लागि आवश्यक मतपत्रहरुको छपान लगायत निर्वाचन सम्बन्धि सम्पुर्ण तयारी पुरा भईसकेको निर्वाचन समिति संयोजक भण्डारीले बताउनु भयो ।
निर्वाचन प्रयोजनको लागि जिल्ला निर्वाचन कार्यालयबाट २१ थान मतपेटी ल्याइएको छ भने प्रत्येक मतपेटीमा करिब ५ संय मतपत्रहरु अटाउन सक्ने क्षमता रहेको संयोजक भण्डारीले बताउनु भयो ।
मुख्य प्रतिस्पर्धीमा काग्रेस, एमाले
खानेपानीको निर्वाचन मुख्य तीन दलको उम्मेदवारी रहेको भएता पनि काग्रेस र एमाले बीचमा मुख्य बीचमा प्रतिष्पर्धा हुने देखिएको छ । नेपाली काग्रेसको तर्फबाट अध्यक्ष पदको उम्मेदवारमा मीना घर्तीको प्यानल रहेको छ । अध्यक्ष पदको उम्मेदवार मीना घर्तीलाई राप्रपा लगायत अन्य दलको सर्मथन रहेको छ । अध्यक्ष पदको उम्मेदवार घर्ती अहिले नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वतमान उपध्याक्ष लगायत अन्य सामाजिक संघ, सस्थाहरुमा सलग्नता रहेको छ । नेकपा (एमाले) को तर्फबाट अध्यक्ष पदको उम्मेदवारमा नाम बहादुर कुँवरको प्यानल रहेको छ । अध्यक्ष पदका उम्मेदवार नाम बहादुर कुँवरलाई माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको सर्मथन रहेको छ । अध्यक्ष पदका उम्मेदवार नाम बहादुर कुवर नेकपा (एमाले) जिल्ला कमिटी सदस्य हुनुका साथै सामाजिक संघ, सस्थाहरुमा सलग्नता रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अध्यक्ष पदमा बामदेव भुसालको प्यानल रहेको छ । हाम्रो लुम्बिनी खबरले रास्वपाका अध्यक्ष पदका उम्मेदवार भुसाल लाई तपाईको जित्ने आधार के हुन् ? भनि राखेको जिज्ञासामा अध्यक्ष पदका उम्मेदवार भुसालले जनतामा हालका ठूला दल प्रति अविश्वास रहेको र संस्थालाई चुस्त, दुरुस्त रुपमा अगाडि बढाउनको लागि उम्मेदवारी दिएको बताउनु भयो ।
नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको स्थापना २०६० सालमा भएको हो । हाल सम्म सस्थापक अध्यक्ष टिकाराम सापकोटा सहित अध्यक्षहरुमा लक्ष्मण कडेल, सावित्रा रेग्मी, डिल्ली प्रसाद शर्मा, निर्वतमान अध्यक्ष रमा केसी ले नेतृत्व गरी सक्नु भएको छ ।
नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको भोलि निर्वाचन हुने
प्रतिक्रिया



