बेईजिङ्ग सम्मेलनको समीक्षामा नेपालले प्रतिवेदन पेश गर्ने
काटमाडौं –संयुक्त राष्ट्र संघले अमेरिकाको न्युयोर्कमा गर्ने बेइजिङ्ग –३० समीक्षामा नेपालको १२ वटा सरोकारका क्षेत्र समावेश गरी प्रतिवेदन प्रस्तुत गर्ने भएको छ ।
सन् १९९५ मा बेइजिङमा भएको अन्तर्राष्ट्रिय सम्मेलनबाट पारित घोषणापत्रमाथि हरेक पाँच वर्षमा समीक्षा हुने गर्दछ। सन् २०२५ मा बेइजिङ सम्मेलनको ३० वर्ष पुरा भएको अवसरमा यही १० देखि २५ सम्म समीक्षा हुँदैछ । उक्त समीक्षामा नेपालले पनि आफ्नो तर्फबाट प्रतिवेदन पेश गर्न लागेको हो ।
नेसनल नेटवर्क फर बेइजिङ समीक्षा नेपाल (एनएनबीएन) र महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले नागरिक समाजको अगुवाइमा नागरिक समाजका तर्फबाट प्रस्तुत हुने प्रतिवेदनकाहरुको तयार गरिएको हो ।
चार भागमा विभाजित प्रतिवेदनहरुमा १२ वटा एजेण्डाहरू समेटिएका छन् । प्रतिवेदनमा महिला र शिक्षा, महिला र अर्थतन्त्र, महिलाको मानवअधिकार, महिला र गरिबी, महिला र स्वास्थ्य, शक्ति संरचना निर्णय प्रक्रियामा महिला, महिला र सञ्चार, महिला र वातावरण, महिलाको उन्नतिका लागि संस्थागत संरचना, महिला र सशस्त्र द्धन्द, महिलाविरुद्धको हिंसा र बालिका सरोकारका क्षेत्रमा पछिल्ला पाँच वर्षमा भएका भएका प्रगति र सिफारिसहरू समेटिएका छन् ।
बेईजिङ्ग सम्मेलनको समीक्षामा नेपालले प्रतिवेदन पेश गर्ने
प्रतिक्रिया



