नेपाल– भारत सम्बन्ध यस्तो रहोस् कि जसले चीनका लागि मैदान खाली नहोस्
भारतीय सेनाका पूर्वप्रमुख जनरल मनोज मुकन्द नरवणेले नेपाल,भारतबिचमा मुख्य समस्या कालापनी क्षेत्रको सीमा विवाद रहेको बताएका छन् ।
नेपाली सैनिक दिवश फागुन १४ गते नेपाल भ्रमणमा आएर फर्केका जनरल नरवणेले द प्रिन्टमा नेपालबारे आफ्नो अभिव्यक्ति दिएका हुन् । जहाँ उनले भनेका बताएका छन् । भारत,नेपाल सम्बन्धको मुख्य समस्या रुपमा कालापानी क्षेत्रमा चलिरहेको सीमा विवाद भएको बताएका छन् ।
कालापानी क्षेत्रमाथि दुबै देशले पुराना दस्ताबेजका आधारमा दाबी गर्दै आएकोमा र नेपालमा जब राजनीतिक अस्थिरता र चुनावको समयमा कालापानीको इस्यु उठ्ने गरेको बताएका छन् ।
सन् २०२० मा भारतको सेनाध्यक्षका हैसियतले उनले नेपाल भ्रमण गरेका थिए ।
सन् २०१९ मा भारतले संबिधानको धारा ३७० खारेज गरी कालापानी क्षेत्रलाई भारतको भूभाग देखाउँदै नयाँ नक्सा जारी गरेको थियो । यो मुद्दा चर्चामा आएसंगै नेपालले पनि सन् २०२० मा नेपालको नयाँ नक्सा जारी गरेको थियो । जसलाई उनले अन्तरवार्तामा नेपालले दिएको चुनौती भनेका छन् ।
अन्तरवार्तामा उनले भनेका छन्, नेपालले सन् २०२४ मा एक कदम अगाडि बढेर नेपालको एक सय रुपैयाँको नोटमा लिपुलेक, लिम्पियाधुरा र कालापानीका विवादास्पद क्षेत्र समावेश गरी नक्सा छपाएकोले यसबाट विवाद झनै जटिन बन्न पुगेको छ ।
कालापानी नदीको पश्चिममा भारतले निर्माण गरिरहेको सडकले त्यहाँ बस्ने नेपालीलाई फाइदा नै पुर्याएको उनको तर्क रहेको छ । साथै सडकले सबैका लागि सम्पर्कमा सुधार ल्याउने विश्वास व्यक्त गर्दै त्यहाँ रहेका जनता(जनता बिचमा कुनै विवाद नभएको पनि बताएका छन्।
त्यहाँ स्थानीय अवस्थाका आधारमा ट्रयाक टू वार्ता गरेर दुई देशबिच विवाद समाधान गर्नुपर्ने उनले सुझाव दिए ।
सन् २०१९(२२ सम्म भारतीय सेनाध्यक्ष रहेका उनले दुवै देशका सेनाबिच राम्रो सम्बन्ध रहेकाले कमजोर हुन नदिन आग्रह गरे । भारतद्धारा लडिएको हरेक युद्धमा नेपाली गोर्खा सैनिकको योगदान रहेको र यसको सम्मान भारतबाट पनि हुनुपर्ने कुरामा उनले जोड दिएका छन् ।
तर भारतले सन् २०२२ मा ल्याएको अग्निपथ योजनाले दुई देशको सम्बन्धमा असर पुर्याएको दाबी गरे । भारतले ल्याएको उक्त योजनामा नेपाल सरकार सामेल हुन नचाहेको र नेपालका युवा योजनाअन्तर्गत भारतीय सेनामा भर्ना हुन नचाहेको प्रस्ट देखिएको उनको भनाइ रहेको छ ।
उनले ‘नेपाली युवालाई भारतीय सेनामा भर्ती हुन दिनुपर्ने र नेपाली पक्षको वास्तविक चासोलाई सकेसम्म सम्बोधन गर्नुपर्ने बताएका छन् । उनले दुई देशका सेनाबिच विद्यमान बलियो सम्बन्धलाई कमजोर हुन दिनु नहुने बताएका छन्।
अहिले चीनले नेपालमा जसरी नेपालमा व्यापार विस्तार गरिरहेको छ, त्यसरी नै भारतले पनि व्यापार बिस्तार गर्नुपर्ने उनले सुझाव पनि दिएका छन् ।
उनले भनेका छन् , सत्य यो हो कि, चीनले नेपालमा विशेष गरी व्यापार र वाणिज्यमा उल्लेखनीय पकड बनाइसकेको छ । भारतीय कम्पनीहरूले प्राप्त गरेको एकाधिकार विस्तारै घट्दै गइरहेको छ । उदाहरणका लागि, नेपाली अटोमोबाइल बजारको अग्रणी कम्पनी महिन्द्राले अब विद्युतीय सवारी साधनको क्षेत्रमा कठिन चुनौती सामना गरिरहेको छ, जसको लागि अहिलेसम्म भारतको कुनै प्रतिस्पर्धी विकल्प दिन सकिरहेको अवस्था छैन ।
चिनियाँ प्रभावबारे धेरै संवाद गर्नुको सट्टा भारतीय कम्पनीहरूले नयाँ उत्पादन वा व्यापार गर्नुपर्ने बताएका छन् । तर यो कार्य चुनौतीपूर्ण रहेको पनि बताएका छन् । नेपालले आफ्नो तर्फबाट स्पष्ट पारेको छ कि, उसले आफ्नो राष्ट्रिय हितको रक्षा गर्दै चीन र भारत दुवैसँग राम्रो सम्बन्ध चाहन्छ । यो देश आफ्नो बफर स्थितिबारे पूर्ण रूपमा सचेत छ र आफ्ना कुनै पनि छिमेकीतर्फ झुकेर यसलाई खतरामा पार्न चाहँदैन ।
जनरल नरवणेले कुनै पनि कारणले नेपालसँग भारतले सम्बन्ध बिगार्न नहुने पटक पटक सुझाव दिए ।
सन् १९५० को दशकमा तिब्बतमाथि चिनियाँ कब्जा र १९६२ को चीन, भारत युद्धपछि नेपालको भूमिका ‘बफर स्टेट’का रूपमा रहेको उल्लेख गर्दै भौगोलिक अवस्थाका कारण व्यापार र सुरक्षाका लागि भारतमाथि नेपाल अत्यधिक निर्भर भएको बताएका छन् ।
तर पूर्ण निर्भरताले कहिलेकाहीँ भारतसँगको सम्बन्धमा कालो छाया पर्ने गरेको उनले बताए । यसबाट नेपालमा भारतविरोधी भावना उत्पन्न हुने बताएका छन् । यस्तो अवस्थामा तेस्रो पक्षले आफ्नो स्वार्थ सिद्ध गर्ने गरेका उनले बताएका छन् ।
स्वतन्त्र राष्ट्रको रूपमा परिचित नेपालसँगको सम्बन्ध व्यवस्थापनमा खुला सीमाका कारण भारतले निकै चुनौती सामना गरिहेको बताउदै काठमाडौँप्रति दिल्लीको दृष्टिमा परिवर्तन आउनु पर्ने पनि उनले सुझाए दिएका छन्।
‘भारतले नेपालमाथि यस्तो सम्बन्ध राख्नुपर्छ, जसलाई हस्तक्षेपको रूपमा नलियोस्,’ उनले भने, ‘यस्तो पनि हल्का सम्बन्ध नराखोस्, जसले मैदान नै खाली होस् र चीनका लागि मैदान खाली होस् ।
नेपालले आफ्नो स्वतन्त्र विदेश नीति पालना गर्न एक्लै छाड्नुपर्ने तर यसको अर्थ भारत पूर्ण रूपमा पछि हट्नुपर्छ भन्ने नभएको उनको भनाइ थियो । ‘बरु नेपालको आवश्यकताअनुसार मिलेर काम गर्नुपर्छ,’ उनले भने, ‘तर भारत(नेपाल सैन्य सम्बन्धलाई दुवै देशले बेवास्ता गरिरहेका उनले बताए ।
दुवै देशको सम्बन्ध अझ बलियो बनाउने सूत्रमा दुवै देशको सेना भएका तर त्यसलाई उपयोग नगरिएको उनले गुनासो पनि गरेका छन् ।



