spot_img

नेपालको ठूलो कागज कारखानाको प्रधानमन्त्रीद्धारा समुद्घाटन

नेपालको ठूलो कागज कारखानाको प्रधानमन्त्रीद्धारा समुद्घाटन
प्रज्वल घिमिरे
नेपालको ठूलो र प्रतिष्ठित व्यावशायिक घराना मध्येको एक आइएमई गु्रपले २ अर्वको लागतमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं.१ रामनगरमा निर्मित र आजदेखि उत्पादन सञ्चालनमा आएको नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्नुभएको हो ।
सम्उद्घान संगै नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजले दैनिक ७५ मेट्रिक टन भन्दा बढी लेखन तथा छपाई कार्यमा प्रयोग हुने कागजको उत्पादन शुरु गरेको छ । उत्पादनको पहिलो चरण अन्तरगत उद्योगले फोटोकपिमा प्रयोग हुने कागज एवं कापी, किताबको लागि प्रयोग हुने कागजको उत्पादन शुरु गरेको हो ।
उक्त उद्घाटन कार्यक्रमलाई सम्बोदन गर्दै आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल पल्स एण्ड पेपर इण्डष्ट्रिजको सञ्चालन संगै आईएमई ग्रुपले उत्पादन क्षेत्रमा औपचारिक रुपमा प्रवेश गरेको बताउनु भयो । मुलुकलाई आत्मनिर्भर बनाउनु साथै देशको आर्थिक बृद्धि र दिगो आर्थिक विकाशमा निजि क्षेत्रले उल्लेख भूमिका र योगदान पु–याईरहेको बताउनु भयो । यस अघि आईएमई गू्रपले रेमिट्यान्स क्षेत्र, बैकं तथा बित्तीय क्षेत्र, पर्यटन उद्योग अन्र्तगत केबलकार, होटेल लगायतका सेवामूलक उद्योगहरुलाई देश व्यापी रुपमा सञ्चालन गर्दै आईरहेको छ । काठमाडौंको चन्द्रागिरी केबलकार, नवलपुर गैडाकोटको मौलाकाली केबलकार र रुपन्देही बुटवल – पाल्पा लुम्बिनी केबलकार आईएमई ग्रुपको लगानीमा सञ्चालित पर्यटन उद्योगहरु हुन् ।


अध्यक्ष ढकालले नेपालमा सञ्चालनमा रहेका उद्योगहरु बन्द हुने, लगानीकर्ताहरु पलायन हुने र देश निर्माणको आधार युवा जनशक्ति अरवको खाडीको ५० डिग्री सेन्टिग्रेटको तातोमा काम गर्न जानु पर्ने आजको बाध्यतालाई कम गर्दै अगाडि बढ्नका लागि नयाँ उद्योगहरु खोल्ने र आयात प्रतिस्थापन गरेर आत्मनिर्भर औधोगिक विकाशको जागरण सिर्जना गर्नका लागि आईएमई ग्रुपले उत्पादनमूलक उद्योग क्षेत्रमा प्रवेश एक महत्वपूर्ण कदम सावित हुने आशा र विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष ढकालले नेपाल पल्स एण्ड पेपर इण्डष्ट्रिजको निर्माण सञ्चालन संगै ३ सय जना भन्दा बढीले प्रत्यक्षरुपमा रोजगारी प्राप्त गरेको र अप्रत्यक्ष रुपमा हजारौंको लागि रोजगारीको अवशर सिर्जना भएको बताउनु भयो ।


समुद्घाटनसमारोहको अवशरमा अध्यक्ष ढकालले ताप्लेजुङ्गको पाथिभरामा बन्न लागेको पाथिभरा केबलकारको विषयमा सतहमा आएका केही विषयले मुलुकमा लगानी र व्यावशायिक वातावरण प्रतिनै देश भित्र र बाहिर समेत नकाराकत्मक सन्देश जाने अवस्था सिर्जना भएको बताउनु भयो ।
ताप्लेजुङ्गका स्थानीय जनता, स्थानीय सरकार, प्रदेश सरकारले बारम्बार गरेको आग्रहमा पाथिभरामा केबलकारको निर्माण कार्यको शुरु भएको स्मरण गराउदै केबलकार केबल यातायातको साधनमात्र भएको र उक्त पवित्र स्थलका धार्मिक एवं सांस्कृतिक मूल्यमान्यतामा कुनै पनि किसिमको असर नपार्ने गरी पर्यावरणीय सन्तुलन कायम गरी केबलकारको परियोजना निर्माण कार्यको थालनी गरिएको बताउनु भयो ।
उक्त समुद्घाटनकार्यक्रममा सघीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरद सिहं भण्डारी, उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारी, मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिहं, महोत्तरी जिल्लाका संघीय सासदहरु, प्रदेशका मन्त्रीहरु, प्रदेशका सासदहरुको सहभागीता रहेको थियो ।

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर