spot_img

देशभर सबै प्रदेशमा व्यावशायिक प्रशिक्षण केन्द्र स्थापना हुने

देशभर सबै प्रदेशमा व्यावशायिक प्रशिक्षण केन्द्र स्थापना हुने

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै देशभरका सबै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ ।
पहिलो चरण अन्तरगत मधेस प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना हुने भएको हो । संघीय सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच जग्गा प्राप्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी सरकारबाट बहुउद्देश्यीय पोलिटेक्निक इन्स्टिच्युट निर्माण गर्न प्राप्त गरेको १० लाख अमेरिकी डलर महोत्तरीको बलवा नगरपालिकामा उपयोग गरिने भएको छ । अन्तरराष्ट्रिय श्रम सङ्गठनको प्राविधिक सहयोगमा इन्स्टिच्युट स्थापनाको प्रक्रिया प्रारम्भ भएको हो ।
व्यावसायिक प्रशिक्षण केन्द्रमार्फत श्रम बजार लक्षित सीपमूलक तालिम सञ्चालन गरिने र दक्ष जनशक्तिको उत्पादन, सीप परीक्षण तथा प्रमाणीकरणलाई प्राथमिकतामा राखिएको बताउदै बुधबार जारी प्रेस विज्ञप्तिमा प्रमुख श्रम गन्तव्य मुलुकहरूसँग दुईपक्षीय संवाद र समन्वयलाई निरन्तर अघि बढाइएको उल्लेख छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर