spot_img

अब प्रज्ञाप्रतिष्ठान मार्फत भाषा, संस्कृतिकाे खाेज अनुसन्धानलाई गति दिनेछाैं:मुख्यमन्त्री आचार्य

अब प्रज्ञाप्रतिष्ठान मार्फत भाषा, संस्कृतिकाे खाेज अनुसन्धानलाई गति दिनेछाैं:मुख्यमन्त्री आचार्य
रुपन्देही, १० फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माैलिक भाषा, कला, संस्कृति, सभ्यताकाे उर्वर भूमि भएको चर्चा गर्दै प्रदेश सरकारले सबै भाषा, कला, संस्कृति तथा सम्भयताकाे संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्न प्रज्ञाप्रतिष्ठानले सम्बाेधन गरिने बताएका छन ।

लुम्बिनी प्रदेश ब्याङ्मय प्रतिष्ठान नेपालकाे चाैथाे अधिवेशन तथा अाठाैं साधारणसभाकाे बुटवलमा शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले साहित्य क्षेत्र समाजकाे ऐना भएको, विकृति, विसंगतिका बिरुद्ध साहित्यक कलमकाे माध्यमबाट खबरदारी गर्दै खाेज अनुसन्धानकाे क्षेत्रमा प्रज्ञाप्रतिष्ठानले भूमिका खेल्ने बताएका हुन । लुम्बिनी प्रदेश सरकारले प्रज्ञाप्रतिष्ठान गठन प्रक्रिया अघि बढाएकाे, विधेक तर्जुमा निर्माणकाे काम भइरहेको जानकारी दिए । भाषा, साहित्य, कला, संस्कृति लगायत सम्पदाअरुकाे अध्ययन अनुसन्धान अघि बढाउन प्रज्ञाप्रतिष्ठान गठन गर्न थालिएको हाे ।`प्रज्ञाप्रतिष्ठान गठनकाे लागि मस्यौदा तयार भएको छ । मन्त्रीपरिषद् बैठकबाट सैद्धान्तिक सहमति दिएका छाैं । बर्खे अधिवेशनमा प्रज्ञाप्रतिष्ठान पारित हुन्छ´उनले भने-`अर्थ र सामाजिक विकास मन्त्रालयबाट पनि सहमति लिने काम अघि बढेकाे छ । अव असार महिना सम्म नियमावली बनाएर कार्यान्वयनमा लैजान्छाैं ।´ मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश ज्ञानकाे भण्डार भएको बताए । नयाँ पुस्तालाई लेखन कार्यमा आकर्षित गर्न जरुरी रहेकाे धारणा राखे । मुलुककाे धर्म, संस्कृति र राष्ट्रियता जाेगाउन कलमकाे माध्यमबाट याेगदान पुर्‍याएकाे भन्दै याेगदानकाे उच्च कदर गरे ।

प्रतिष्ठानका अध्यक्ष ऋषि आजादकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियाे । लुम्बिनी वाङ्गमय प्रतिष्ठान नेपालका अध्यक्ष ऋषि आजादले ह भाषिक नीति, अनेकतामा एकता अवलम्बन गरुकाे, नेपालीय भाषा, कला, साहित्य र संस्कृति संरक्षण सबैकाे प्राथमिकमा पर्न जरुरी रहेकाे धारणा व्यक्त गरे । कार्यक्रममा उहाँले मुख्यमन्त्रीकाे सरलताले राहतको अनुभुती गरेकाे बताए ।

कार्यक्रममा संस्कृति रत्न सम्मानबाट डाक्टर गितु गिरी, डाक्टर हरिप्रसाद तिमिल्सिना, डाक्टर गाेविन्द आचार्यलाई सम्मान गरिएको छ ।

यस्तै शीत काव्य रत्न सम्मान कृष्णप्रसाद केसीलाइ सम्मान गरिएको छ । यसैगरी उत्कृष्ट जिल्ला अर्घाखाँची र रुपन्देही वाङ्गमय प्रतिष्ठान भएका छन । कदर पत्र प्रदान गरिएको छ । कार्यक्रममा संस्कृति भाेजपुरी भाषामा डिआर पन्थी, गुरुङ्ग भाषामा भिम गुरुङ, नेपाल भाषामा हरिसुन्दर वासी, संस्कृत भाषामा कृष्णप्रसाद काेइराला, उर्दु भाषामा सहर अलि, अवधि भाषामा शिव प्यासी, थारु भाषामा राजकुमार थारु, सल्लाह डाक्टर हरि तिमिल्सिना, प्रध्यापक डाक्टर गितु गिरी, डाक्टर गाेविन्द आचार्य, प्रगतिशील लेखक संघ रुपन्देहीका अध्यक्ष कृष्ण गाउँले, साहित्यकार डिल्लीराज भट्टराई, पत्रकार डाक्टर बालकृष्ण चापागाईं, जंगबहादुर शाह, प्राध्यापक डाक्टर कपिल लामिछाने लगतायले मन्तब्य व्यक्त गरेका थिए । बरिस्ठ उपाध्यक्ष हरिप्रसाद पाेख्रेलले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष सृजना ज्ञवालीले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियाे भने सहजिकरण रुपन्देही अध्यक्ष पुरुषाेत्तम पाण्डेले गरेका थिए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर