spot_img

सहिद नारायण पिखरेल क्याम्पसमा प्रतिभा सप्ताह सुरु

सहिद नारायण पिखरेल क्याम्पसमा प्रतिभा सप्ताह सुरु
प्रदिप ज्ञवाली
फागुन ८ बिहिवार
सैनामैना । सैनामैना नगरपालिका वडा नं ६ कलाैनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा प्रतिभा सुरु भएको छ । क्याम्पसको आउदै गरेको वार्षिकोत्सबको अवसर पारी खेल सप्ताह सुरु भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सैनामैना नगरपालिकाका नगर प्रमुख फडेन्द्र शर्माले यस्ता कार्यक्रमले विद्यार्थीमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि क्याम्पस सञ्चालक समिति सदस्य यदुलाल पन्तले आफ्नो मन्तव्य राख्दै विद्यार्थीका प्रतिभा उजागर गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो ।
नगर प्रमुख फडेन्द्र शर्माले उद्घाटन गरे पश्चात् सुरु भएको म्यारथन दौड छात्र तर्फ प्रथम भानु कुमार यादब भएका छन भने द्वितीय रुपान बिक भएक छन यस्तै काैशल जैशी तृतीय भएका छन ।
म्यारथन दौड छात्रा तर्फ प्रथम विपना जैशी भएकी छन भने द्वितीय शान्ती भण्डारी र तृतीय स्थानमा गीता बि क आउन सफल भएका छन ।
यस्तै आज नै भएको सर्ट पुट छात्र तर्फ प्रथम रमेश पाण्डे, प्रथम हुन सफल भएका छन भने द्वितिय टिविसन कुवर, र तृतीय स्थानमा रमेश शर्मा आउन सफल भएक छन ।
सटपुट छात्रा तर्फ प्रथम रोमा अधिकारी ,द्वितिय बिपना जैशी र तृतीय स्थानमा अनीता थारूआउन सफल भएका छन।
प्रतिभा सप्ताह अन्तरगत म्याराथन दाैड , सटपुट, हाजिरीजवाफ , क्रिकेट , चेस ,भलिबल , बास्केटबल , कविता , वक्तृत्वकला , लङजम्प , हिज्जे , एकल लोकनृत्य र टेवलटेनिस प्रतियोगिता सम्पन्न हुनेछन ।
उद्घाटन कार्यक्रम क्याम्पस प्रमुख हेमबहादुर थापाको अध्यक्षता , सैनामैना नगर प्रमुख फडेन्द्र शर्माको प्रमुख आतिथ्यता , क्याम्पस सञ्चालक समिति सदस्य यदुलाल पन्तको विशिष्ट आतिथ्यता , सञ्चालन समिति सदस्य , क्याम्पसका प्राध्यापक , स्ववियु पदाधिकारी , विद्यार्थी सङ्गठनका पदाधिकारी लगायतको आतिथ्यतामा भएको हो । कार्यक्रम क्याम्पसका अतिरिक्त क्रियाकलाप समिति संयोजक सागर ज्ञवालीको स्वागत एवम् प्राध्यापक बिष्णु अर्यालको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर