रेन्बो एकेडेमी र राष्ट्रिय युवा संघ नेपाल कञ्चन गाउँ कमटीको संयुक्त आयोजनामा अटिजम सम्वन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न ।
गोविन्द आचार्य / कञ्चन गाँउपालिका ,फागुन ०७ / रुपन्देहीको कञ्चन ३ हरैयामा सञ्चालित रेन्बो एकेडेमी हरैया र राष्ट्रिय युवा संघ नेपाल कञ्चन गाउँ कमटीको संयुक्त आयोजनामा अटिजम सम्वन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न् गरेको छ ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं कञ्चन गाउँपालिका इन्चार्ज भरतमणि सापकोटाको प्रमुख आतिथ्यता, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सल्लाहकार एवं कञ्चन गाउँपालिका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्री र रेनबो एकेडेमी कन्चन ३ हरैया रूपन्देहीका प्रोप्राइटर समिर ढकालको विशिष्ट आतिथ्यतामा भएको अटिजम सम्वन्धि जनचेतना मुलक कार्यक्रममा समर्पण बाल गृह रुपन्देहीका अध्यक्ष डा. शान्ता शर्माले सहजीकरण तथा प्रशिक्षण दिनु भएको थियो ।
राष्ट्रिय युवा सघं नेपाल रूपन्देहीका उपाध्यक्ष दीपक खड्की, नेकपा एमाले कञ्चन गाउँ कमिटी अध्यक्ष भानुभक्त भण्डारी, सचिव उमा गौतम ढकाल, जिल्ला कमिटी सदस्य नगेन्द्र बहादुर लामिछाने, जिल्ला कमिटी सदस्य कमल दर्जी, समर्पण बालगृह रूपन्देहीका प्रिन्सिपल मन्जु श्रेष्ठ भाईस प्रिन्सिपल सरस्वती ढुङ्गाना र सदस्य रिता बोहरा लगाएतको उपस्थिती रहेको कार्यक्रममा हरैया बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनिय सहभागिता रहेको थियो ।
समर्पण बालगृह रुपन्देहीसंगको सहकार्यमा भएको उक्त अटिजम सम्बन्धि जानकारी दिने कार्यक्रममा अटिजम के हो ? अटिजम कस्तो ब्यक्तिलाई हुन्छ ? यसले कस्तो असर गर्दछ ? यसवाट बच्न के गर्ने ? अटिजम भएको कसरी थाहा पाउने ? भएको भए के गर्ने ? जस्ता बिषयमा सहभागिहरुलाई जानकारी गराईएको थियो ।
मस्तिष्क र स्नायुकोषको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रूप नै अटिजम भएको भन्दै डा. शान्ता शर्माले यस्तो भएमा बेलैमा नै सचेत हुन आग्रह गर्नु भएको थियो ।
साथै व्यक्तिको मस्तिष्कमा स्नायुकोषको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न हुन गई सामाजिक क्रियाकलाप, सञ्चार सिप र कल्पनाशक्तिको विकासमा असर पुग्नुलाई नै अटिजम भन्ने गरीएको डा. शान्ता शर्माले सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।
अटिजम भएका बच्चाहरुले सञ्चारमा विचलनहुने देखि सामाजिक रूपमा घुलमिल हुन नसक्ने, पुनरावृत्ति, एकोहोरोपन, इन्द्रियहरूको उतारचढावको फलस्वरूप वातावरण, व्यक्ति र वस्तुप्रति भिन्दै प्रतिक्रिया र व्यवहार देखाउने क्रियाकलापलाई नै अटिजम भएको भनेर बुझनु पर्ने डा.शर्माले बताउनु भएको थियो ।
राष्ट्रिय युवा सङ्घ नेपाल कञ्चनका अध्यक्ष जीवन क्षेत्रीको अध्यक्षता, रेन्बो एकेडेमी कञ्चन ३ हरैया रुपन्देहीका प्रोप्राइटर समिर ढकालको स्वागत तथा प्रदिप शर्माको सञ्चालनमा कार्यक्रम हरैया बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपाल कञ्चन र रेन्बो एकेडेमीले विभिन्न समयमा समाजमा आवश्यक पर्ने समय सान्दर्भिकका सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन् ।



