कपिलवस्तुमा बाल्टीमा डुबेर एक वर्षीय बालककाे निधन
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-३ जगदीशपुरमा पानी भरिएकाे बाल्टीमा डुबेर १ वर्षीय बालककाे मृत्युु भएको छ ।
सुवासचन्द्र गुप्ताकाे छाेराले खेल्ने क्रमा काैसीमा राखिएको बाल्टीकाे पानीमा डुबेर मृत्युु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार करिब ५ बजेतिर बालककाे मृत्यु भएको जानकारी दिए । उनले बालककाे शव पाेष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएकाे जनाए ।



