बुटवलको नेपालगन्ज रोडमा टिप्परको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गयो
बुटवलको नेपालगन्ज रोडमा भएको सडक दुर्घटनामा एकजनाको ज्यान गएको छ। बुटवलबाट पश्चिम तर्फ जादै गरेको लु २ ख ३३३६ नम्मवरको टिप्परले सोही दिशा तर्फ जांदै गरेको लु १ प १५२८ नम्वरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको स्थानीयले बताएका छन्।
टिप्परको ठक्करबाट गम्भिर घाईते मोटरसाईकल चालकलाई स्थानीयले उपचारका लागि नजिकै रहेको लुम्विनी प्रादेशिक अस्पतालमा पुर्याएका थिए।
घटनामा मृत्यु भएको मोटरसाईकल चालकको अहिले सम्म पहिचान खुल्न सकेको छैन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्रफिक ब्यवस्थापन कार्यालय कार्यालयका अनुसार ठक्कर दिने टिप्पर र चालक तिलोत्तमा नगरपालिका वडा नं १० का किस्मन थारुलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ।