लुम्बिनी केबलकार र कन्टिनेन्टल एशोसिएटस् प्रा.लि. बीच व्यवशायिक सहकार्य
बुटवल माघ – १९
पर्यटन, प्रवर्धन र विकाशमा उल्लेख्य भूमिका खेलिरहेको लुम्बिनी केबलकार लिमिटेड र विश्वप्रख्यात किया, इसुजु, कोमात्सु कम्पनीबाट निर्मित गाडीहरु र पछिल्लो समय नेपालका अस्पताल, सपिङ्ग कम्प्लेक्स एवं मल्टीफ्लोर बिल्डिङ्गमा जडान हुने लिफ्ट ओटिसको नेपालको आधिकारिक आयातकर्ता एवं बिक्रेता कन्टिनेन्टल एशोसिएटस् प्रा.लि. बीच व्यवशायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार कन्टिनेन्टल एशोसिएटस् प्रा.लि.मा नेपाल भर कार्यरत कर्मचारीहरुलाई लुम्बिनी केबलकारको यात्रा टिकटमा २० प्रतिशत छुट प्राप्त हुने गरि सम्झौता भएको हो ।
सम्झौतामा लुम्बिनी केबलकारको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे तथा कन्टिनेन्टल एशोसिएटस् प्रा.लि.को तर्फबाट डाइरेक्टर रेखा घिमिरेले हस्ताक्षर गर्नुभएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।
लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । युरोपेली प्रविधि अन्तरगत विश्वविख्यात अष्ट्रियाको डोपलमायर कम्पनीको पछिल्लो प्रविधिबाट यो केबलकार निर्माण भएको हो । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं.–३ सिद्धार्थ राजमार्ग अन्तरगत गोलपार्क केबलकार चोकमा बटम स्टेशन रहेको छ भने पाल्पा जिल्ला तिनाउ गाउँपालिका वडा नं.–३ बशन्तपुरमा टप स्टेशन रहेको छ । केबलकारको टप स्टेशनमा नेपालको एक मात्र शक्तिपीठ माँ कामाख्याको मन्दिर रहेको छ । केबलकारको यात्राबाट एकै साथ तराई, पहाड र हिमालको अनुभूति गर्न सकिन्छ । कन्टिनेन्टल एशोसिएटस् प्रा.लि. विश्वप्रख्यात किया, इसुजु, कोमात्सु कम्पनीबाट निर्मित गाडीहरु र पछिल्लो समय नेपालका अस्पताल, सपिङ्ग कम्प्लेक्स एवं मल्टीफ्लोर बिल्डिङ्गमा जडान हुने लिफ्ट ओटिसको नेपालको आधिकारिक आयातकर्ता एवं बिक्रेता हो ।