spot_img

देउवापार ब्वाइजद्वारा हाजिरीजवाफ प्रतियोगिता: प्रभात स्कुल प्रथम

देउवापार ब्वाइजद्वारा हाजिरीजवाफ प्रतियोगिता: प्रभात स्कुल प्रथम
प्रदिप ज्ञवाली
माघ ११ शुक्रबार
सैनामैना । सैनामैना ७ देउवापारमा रहेका युवाहरूको क्लब देउवापार ब्वाइजद्वारा आयोजित हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ । “समाजबाट समाजकै लागि ” भन्ने मुल नारा सहित अगाडी बढेको क्लबले वडा भित्र निकै सक्रियता देखाउदै विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

हाजिरीजवाफ प्रतियोगितामा प्रभात इङलिस बोर्डिङ प्रथम भएको छ भने सैनामैना पर्रोहा पर्मेश्वर नमूना माध्यमिक विद्यालय द्वितीय भएको छ । यस्तै बुद्ध इङलिस स्कुलले तृतीय स्थान हासिल गर्न सफल भएको छ । बिजयी विद्यालयलाई टीका , प्रमाणपत्र , शिल्ड , मेडल र नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले क्लबले शिक्षा क्षेत्रसँग सम्बद्ध रहेर उत्कृष्ट कार्य गरेको बताएका थिए । देउवापार चोकमा क्लबले राखेको सिसिटिभि क्यामेरा निकै फलदायी बन्नेको भन्दै क्लबलाई धन्यवाद समेत दिएका थिए ।
कार्यक्रम क्लवका अध्यक्ष विशाल पाैडेलको अध्यक्षता , नगर प्रमुख फडिन्द्र शर्माको प्रमुख आतिथ्यता , वडा अध्यक्ष राजकुमार चाैधरीको विशिष्ट आतिथ्यता , वडाका जनप्रतिनिधि , विद्यालयहरुका प्रधानाध्यापक , तथा विभिन्न संस्थाका पदाधिकारीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम क्लवका सदस्य रमेश पाण्डेको स्वागत एवम सचिव आर्यन घिमिरेको सञ्चालनमा सरस्वती माध्यमिक विद्यालयको प्राङ्गढमा सम्पन्न भएको हो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर