spot_img

गैडहवा गाउँपालिका खो खो खेलाडी भरत सारुलाइ सम्मान १ लाख दिने अध्यक्ष पौडेलको घोषण

रुपन्देहीको गैडहवा गाउँपालिकाका ले खाेखाे विश्वकपमा गैडहवाबाट सहभागी दाेस्राे हुन सफल भरत सारूलाई नगद रु १ लाख दिएर सम्मान गर्ने अध्यक्ष सुरेन्द्र पौडेलले घाेषणा गर्नु भएकाेछ ।
काठमाडौंबाट आजै आफ्नाे घर आउनासाथ सम्मान गरिएकाे पालिकाले जनाएको छ पालिका अध्यक्ष सुरेन्द्र पौडेलले खोखो खेलमा गैडहवा गाउँपालिकाको नाम उच्च राखेकोमा खेलाडी भरत सारुलाई अन्य सहयोग समेत आफुहरुले गर्ने अध्यक्ष पौडेलले बताउनु भएको थियोे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम वडा अध्यक्ष कार्यपालिका सदस्य वडा सदस्य स्थानीय बुद्धिजीवी युवा क्लब आमा समुह को सहभागीता रहेको थियोे ।कार्यक्रममा विश्व खेलमा सहभागी भएर दोस्रो स्थान हासिल गरेका भरत सारुले गैडहवा गाउँपालिकाले गरेको माया र सम्मानले आफुलाई थप हौसला मिलेको बताउनु भएको थियोे कार्यक्रम गैडहवा गाउँपालिकामा सम्पन्न गरिएको थियोे ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर