सैनामैना ५ मा यस वर्ष पनि विभिन्न खेल प्रतियोगिता हुने
माघ १० बिहिवार प्रदीप ज्ञवालि सौनामैना
सैनामैना । सैनामैना नगरपालिका वडा नं ५ मा रहेको युवा सञ्जालको आयोजनामा वडा भित्र विभिन्न खेलकुद प्रतियोगिता गर्ने भएको छ । वडा भित्र रहेका प्रतिभा उजागर गर्ने भन्दै वडा कार्यालयको आर्थिक सहयोगमा खेलकुद कार्यक्रम आयोजना गरिएको हो ।
सञ्जालको बुधबारका(हिजो) भएको बैठकको निर्णाय अनुसार सैनामैना -५ युवा सन्जालद्वारा गत वर्ष जस्तै १२ गते शनिवारवाट विभिन्न विधामा खेलकुद आयोजना गर्ने निर्णाय गरेको शञ्जालका अध्यक्ष राजेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
वडा भित्र ,रहेका कल्वहरुवाट खेलप्रेमि भाईवहिनिहरुले सम्वन्धित टोलका क्लवहरुसग समन्वय गरि आ-आफ्नो टिम दर्ता गराउनुहुन सञ्जालले अनुरोध गरेको छ । खेलहरु वडा कार्यालको प्रमुख संरक्षकत्व एवम युवा संजालको संरक्षणमा वडा भित्रका टोल भित्रका क्लवहरुले सञ्चालन गर्नेछन् । जसअनुसार व्याटमिन्टन प्रतियोगिता १२ गते शनिवार ,वालापुर युवा क्लव वालापुरले विहान ८ वजे सञ्चालन गर्ने, टेक्वान्डो प्रतियोगिता १४ गते सोमवार,न्यु वुद्व स्टार युवा क्लब ,वुद्वनगरले विहान १० वजे सञ्चालन गर्ने, क्रिकेट प्रतियोगिता १५ गते मंगलवार ,नव स्टार युवा क्लव ,प्रगतिटोलले सञ्चालन गर्ने, महिला तथा पुरुष भलिवल प्रतियोगिता १७ र १८ गते,जागरण एकता युवा क्लब ,गढवाले गर्ने, फुटवल प्रतियोगिता १९ र २० गते ,कोटियामाई युवा क्लबले गर्ने जानकारी सञ्जालका सचिव मीन प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
खेल सम्पन्न गर्नका लागि ७ सदस्यीय खेलकुद उपसमिति गठन गरियको छ । जसको संयोजकमा रेवन्त वहादुर सिंजाली र ,सदस्यहरु भिमराज पुन,दिपक चौधरी,हरिराम चौधरी,मीन वहादुर सुनार,नगेन्द्र मल्ल,अनुज चापागाई रहनुभएकोयुवा सञ्जालका सचिव मिनप्रसाद पाण्डेले जानकारी दिनुभयो ।