१० माघ २० ८१ कञ्चन /गोविन्द आचार्य
विश्व उपविजेता बनेका खो-खो का नेपाली खेलाडी भरत सारुलाई हरैयामा भव्य स्वागत गरिएको छ । पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष र महिला टोली दुवै उपविजेता बनेका थिए । विश्व उपविजेता भरत सारु आज घर फर्किँदा रुपन्देहीको कन्चन गाउपालिका वडा न ३ हरैयामा भव्य स्वागत गरिएको छ ।
खेलाडी सारुलाई रुपन्देही जिल्ला खो खो सघका अध्यक्ष राजकुमार थापा, लुम्बिनी प्रदेश खो खो सघका अध्यक्ष तुल बहादुर थापा, लुम्बिनी प्रदेश खो खो सघका कोषाध्यक्ष यम बहादुर थापा, जिल्ला भलिबल सघका उपाध्यक्ष राम बहादुर थापा, कन्चन गाउपालिका वडा न ३ का वडा अध्यक्ष टिकाराम सापकोटा, पालिका प्रबक्ता चित्रलाल तुलाचन, कार्यपालिका सदस्य खगीसरा शर्मा, सुकमाया दर्जी स्थानिय क्लब, समाजसेवी, खेलप्रेमी लगायतले हरैयामा बाजा गाजा सहित खेलाडीको भव्य स्वागत गरिएको छ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ नेपाल आयोजक भारतसँग ५४–३६ अङ्कले पराजित भएको थियो । कुनै पनि नेपाली टोली विश्वकपको फाइनलमा पुगेको यो पहिलो पटक हो, त्यसकारण पनि यो खास छ ।
खो खो विश्वकपमा नेपाली टिम
नेपाल पुरूष खो खो टिम : हेमराज पनेरु (कप्तान), जनक चन्द, समीर चन्द, विश्वास चौधरी, सूरज पूजारा, रोहित कुमार वर्मा, यमन पुरी, वेदबहादुर वली, झलक विक, विकराल सिंह रत्गैया, विशाल थारु, राजन बल, जोगेन्द्र राना, भरत सारु, गणेश विश्वकर्मा
नेपाल महिला खो खो टिम : सरस्वती कडायत (कप्तान), मानमती धामी, पुजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना विक, दीपाकुमारी बिक, खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी, अनिसा गोले
प्रशिक्षक, अफिसयल र निर्णायकहरु
पुरूष टिम प्रशिक्षक : बिक्कीराज महर्जन
पुरूष टिम सहायक प्रशिक्षक : कयामुद्दिन मन्सुर
पुरूष टिम म्यानेजर : छत्र बहादुर शाही
महिला टिम प्रशिक्षक : लक्ष्मीनारायण वैद्य
महिला टिम सहायक प्रशिक्षक : उषा कवर मगर
महिला टिम म्यानेजर : कृष्ण पनेरु
शंकर महर्जन : जुरी
सुशिलमान व्यन्जनकार : चिफ दि मिसन
कपल देभ यादव : अफिसियल
दिलिप कुमार महर्जन : निर्णायक
देव बहादुर महर्जन : निर्णायक
राम कुमार चौधरी : निर्णायक
धिरेन्द्र कुमार यादव : निर्णायक