spot_img

बुटवलमै बौद्ध शिक्षाको अध्ययन –नयाँ शैक्षिक कार्यक्रमका विद्यार्थीलाई अभिमुखीकरण

तस्बिर छ
अब बुटवलमै बौद्ध शिक्षाको अध्ययन
–नयाँ शैक्षिक कार्यक्रमका विद्यार्थीलाई अभिमुखीकरण
बुटवल, माघ ८ । लुम्बिनी बौद्ध विश्वविद्यालयको स्नातकोत्तर तहको नयाँ कार्यक्रम ‘प्रायोगिक बौद्ध अध्ययन’ को पढाई अब बुटवलमै हुने भएको छ । उक्त नयाँ शैक्षिक कार्यक्रमका लागी बुटवल सिटि क्याम्पसमा भर्ना भएका विद्यार्थीहरुका लागि अभिमुखीकरण गराइएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत रहेको बुटवल नयाँगाउँस्थित सिटि क्याम्पसमा नयाँ शैक्षिक कार्यक्रममा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण गराइएको कार्यक्रम संयोजक जेबी क्षेत्रीले जानकारी दिए ।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुवर्णलाल बज्राचार्य, रजिस्ट्रार डाक्टर तिलकराम आचार्य, बौद्ध अध्ययन संकायका डीन डाक्टर मानिकरत्न शाक्य, मानविकी तथा समाजशास्त्र अध्ययन संकायका डीन डाक्टर हरिशरण चखु, विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रोफेसर डाक्टर गितु गिरीलगायत विभिन्न पदाधिकारी एवम प्राध्यापकहरुको उपस्थितिमा विद्यार्थीहरुलाई अभिमुखीकरण गराइएको थियो । बौद्ध दर्शनलाई शैक्षिक कार्यक्रममार्फत् विस्तारमा जुटिरहेका उनीहरुले शिक्षाको माध्यमबाट बुद्धका ज्ञानलाई दैनिक जीवनमा उतार्न अभिप्रेरित गर्न जरुरी रहेकोमा जोड दिए ।
विश्वविद्यालयले पहिलोपटक बुटवलमा सिटी क्याम्पसमा बौद्ध शिक्षाको मास्टर्स तहको शैक्षिक कार्यक्रम सुरु गरेको छ । सोही शैक्षिक कार्यक्रममा सहभागी विद्यार्थीहरुका लागि क्याम्पसले अभिमुखीकरण समारोहको आयोजना गरेको थियो । सोही समारोहमा सरिक विश्वविद्यालयका विभिन्न तहका विज्ञ, प्राध्यापक र अगुवाहरुले अहिलेको समयमा प्रयोगात्मक बौद्ध शिक्षाको महत्व र आवश्यकता बढ्दै गएकोमा जोड दिएका थिए ।
क्याम्पस प्रमुख डा.फणिन्द्रकुमार न्यौपानेका अनुसार बुटवल सिटी क्याम्पसमा पहिलो पटक सुरु भएको उक्त शैक्षिक कार्यक्रममा २९ जना विद्यार्थी छन् । औपचारिक कक्षा सुरु गर्नुअघि उपकुलपति, रजिस्ट्रार, प्राध्यापकसमेतको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरिएको डा.न्यौपानेको भनाइ छ ।
लुम्बिनीमा जन्मिएका राजकुमार सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा राज्य परित्याग गरी ३५ वर्षको उमेर हुुँदा प्राप्त गरेको बुद्धत्वलाई आफ्नो महापरिनिर्वाण हुँदाको उमेरसम्म तत्कालीन समयको गाउँ, नगर एवं राज्यमा प्रचार गरेको शिक्षालाई नै बुद्ध शिक्षा भनिन्छ ।
अहिले सिटी क्याम्पसमा सुरु भएको शैक्षिक कार्यक्रम कोर बुद्ध शिक्षाको एउटा पाटो रहेको उक्त कार्यक्रमका संयोजक क्षेत्रीले बताए । शिक्षामा मानव शान्ति, बन्धुत्व, मैत्री तथा सद्भावका वस्तुपरक उपदेशको व्यावहारिक र प्रयोगात्मक देशनालाई समावेश गरिएको उनले बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखी बुटवलमा स्नातकोत्तर तहको उक्त नयाँ कार्यक्रमको सुरु गरेको हो । वार्षिक कार्यक्रम अन्तर्गत सन्चालन हुने उक्त कार्यक्रम २ बर्षको रहनेछ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर