spot_img

दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु

दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका –७ नवरपुर निवासी अन्दाजी २७ बर्षीय सन्तोष चौधरीको घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीका अनुसार सोमबार साँझ ५ बजेको समयमा तुलसीपुर–४ बनहरीस्थित घरको दुइतला माथीबाट खसेर चौधरी गम्भिर घाइते भएका थिए । गम्भिर घाइते चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याएकोमा उपचारकै क्रममा सवा ६ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर