spot_img

बुटवलमा मोटरसाइकल दुर्घटना १ जनाको घटनास्थलमै मृत्यु

बुटवलमा मोटरसाइकल दुर्घटना १ जनाको घटनास्थलमै मृत्यु
बुटवलमा गए राती मोटरसाइकल दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रवार साँझ करिव ९:२५ मा पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश नं ३–०२–१४ प २१९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भै सडक बाट करिव १५ मिटर तल कल्भर्टको खोचमा पुगेको र दुर्घटनामा १ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका प्रहरी निरिक्षक इश्वरी अधिकारीले बताउनुभयो ।

दुर्घटनामा बुद्धभुमी नगरपालिका २ कपिलबस्तु बस्ने २७ बर्षिय अनमोल ढकालको मृत्यु भएको र दुर्घटना पश्चात प्रहरी बिट जितगढी र इलाका प्रहरी कार्यालय बुटवल बाट प्रहरी नायव उपरिक्षक बिजय राज पण्डितको नेतृत्वमा प्रहरीको टोली उद्धारको लागी घटनास्थलमा पुगेको ट्राफिक प्रहरी निरिक्षक अधिकारीले बताउनुभयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर