सामुदायिक रेडियो कञ्चनका समाचार सम्पादक आषिका ज्ञवालीलाई पितृ सोक
गोबिन्द आचार्य
४ माघ २०८१ / शुक्रबार / कञ्चन
रुपन्देहीको कञ्चन गाँउपालिका वडा न ३ हरैयामा सञ्चालित सामुदायिक रेडियो कञ्चन ९५.८ मेगाहर्जमा समाचार सम्पादक तथा बाचन कक्षमा कार्यरत आषिका ज्ञवालीलाई पितृ सोक परेको छ । रेडियोका अध्यक्ष लेखानाथ पौडेल स्टेशन म्यानेजर गोबिन्द आचार्य , ले हरिलाल ज्ञवालिको निधन ले दुखित भएको बताउनु भयो सम्पादक आषिका ज्ञवालीका पिता हरिलाल ज्ञवालीको ६६ बर्षको उमेरमा आफ्नै निजि निवास बाग्लुङ्ग जिल्ला बरेङ्ग गाँउपालिका वडा न ३ नँया बजारमा माघ ३ गते बिहिबार विहान ६ बजे स्वर्गारोहण हुनु भएको हो ।
स्वर्गीय हरिलाल ज्ञवाली केहि समयदेखि बिपी रोगबाट पिडित हुनुहुन्थ्यो । उँहाको बाग्लुङ्ग साविक बाटाकाचौर गाविस वडा न ३ चाहादामा स्वर्गीय बुवा उमानन्द ज्ञवाली र स्वर्गीय आमा गंगा ज्ञवालीको कोखबाट बि.स २०१५ साल फागुन २२ गते जन्म भएको थियो ।
समाजसेवी स्वः हरिलाल ज्ञवालीका श्रीमती उमाकली ज्ञवाली, ६ छोरीहरु कमला, निमर्ला, मिना, सिता, मनिशा र आषिका ज्ञवाली रहेका छन । समाजसेवी स्वः ज्ञवाली प्रती हार्दिक श्रद्धाञ्जली तथा सोक सन्तव्त परिवारमा समवेदना व्यक्त गर्दछौ ।
सामुदायिक रेडियो कञ्चनका समाचार सम्पादक आषिका ज्ञवालीलाई पितृ सोक
प्रतिक्रिया