spot_img

बाग्लुङ ढोरपाटन पिकप दुर्घटना २ जना गम्भीर घाइते

प्रविन आचार्य बाग्लुङ ढोरपाटन
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ६ मा पिकअप जिप दुर्घटना भएको छ । बिहिबार साँझ गाडीखोलादेखि घैयाखानी जाने क्रममा ग ३ च ३८९ नम्बर पिकअप जिप रातको ८:३० बजे दुर्घटना भएको जनाईएको हो । दुर्घटनामा १० जना घाइते भएका छन घाइते मध्ये ६३ बर्षिय काजी कामी र ३८ बर्षिय चलदेवी कामीको अवस्था गम्भिर रहेका कारण थप उपचारका लागी रिफर गर्ने तयारी भइरहेको प्रादेशिक अस्पताल बुर्तिबाङका प्रमुख डा. नविन्द्र ढकालले बताउनु भयो । घाइतेको उद्धार गरी प्रादेशिक अस्पत्तालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएके छ । अन्य ८ जनाको अवस्था सामान्य रहेका कारण खतरा मूक्त रहेको र गम्भिर दुई जनाको मासु र हवाला च्यापिएको समस्या देखिएका कारण रिफर
गर्नुपर्ने अवस्था आएको डा. ढकालको भनाई छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर