spot_img

कपिलवस्तुको वाणगंगादुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

गएराती कपिलवस्तुमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका-११ स्थित भित्री सडकखण्डमा करिब साढे १० बजेतिर नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोकिएका हुन् ।

मृत्यु हुनेमा लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक सैनामैना-४ बस्ने वर्ष २७ को रोमन थारु र यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलका चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली रहेका छन् ।उनीहरुको अस्पतालमा उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए । दुर्घटनामा घाइते २६ वर्षीय अजय थारुको अस्पतालमा उपचार भइरहेको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर