spot_img

माँ कामाख्या मन्दिरमा माघे सङ्क्रान्तिको महाआरतिमा केबलकार टिकटमा छुट

माँ कामाख्या मन्दिरमा माघे सङ्क्रान्तिको महाआरतिमा केबलकार टिकटमा छुट
राजन लम्साल
बुटवल पौष २८
नेपालको प्रमुख चाड मध्येको एक माघी सङ्क्रान्तिको दिन धार्मिक तथा ऐतिहासिक क्षेत्र मध्येको एक पाल्पा जिल्ला तिनाउ गाउँपालिका वडा नं.–३ बशन्तपुर माँ कामाख्या मन्दिर परिसरमा दिव्य सन्ध्या महाआरति हुने भएको छ । माघ १ गते साझ हुने सन्ध्या महाआरतिलाई लक्षित गरि लुम्बिनी केबलकारको यात्राबाट माँ कामाख्याको महाआरतिमा सहभागि हुने दर्शनार्थीहरुलाई लुम्बिनी केबलकारको टिकटमा विशेष छुटको व्यवस्था गरिएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ । विषेश छुट टिकट माघ १ गते मध्यान्ह् ४ बजे पछि प्राप्त गर्न सकिनेछ ।

माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति तथा माघी नामले पनि चिनिन्छ । यो पर्व नेपालको तराई – मधेस र पहाडी जिल्लाहरुमा मनाउने गरिन्छ । ज्योतिष शास्त्र अनुसार सौंयमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनुराशिबाट मकर राशिमा प्रवेश गर्ने हुँनाले यसलाइ मकर सङ्क्रान्ति भनिएको हो ।

धार्मिक मान्यता अनुसार महाआरतिको मुख्य उद्देश्य हामी सबै आफु असल बनौं, अरुलाई असल बन्न प्रेरणा जारौं र हामी सबै सुख, शान्ति, आनन्द संग बाचौं भन्ने रहेको माँ कामाख्या मन्दिरका मुल पुजारी सुरेस पौडेल बताउनु हुन्छ । यी सबै कुरा हासिल गर्नका लागि सर्वप्रथम हामीले, हामी भित्र रहेका काम, क्रोध, लोभ, मोह, अहंकार, ईष्या, द्धेय, शत्रुता आदि र्दुगुण हटाई सबैमा प्रेम, सहयोग, सद्भाव, सदाचार, परोपकार, सेवा सहकार्य र सद् व्यवहार गर्ने असल गुण र सोचको जागरण गराउने उद्देश्य रहेको पौडेलले बताउनु भयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर