spot_img

समीक्षा बैठक केबलकारको टप स्टेशन माँ कामाख्या मन्दिर परिशरमा

समीक्षा बैठक केबलकारको टप स्टेशन माँ कामाख्या मन्दिर परिशरमा
बुटवल पौष २७
राजन लम्साल
लुम्बिनी प्रदेशको पर्यटन प्रर्वधनमा महत्वपूर्ण भूमिका खेलिरहेको लुम्बिनी प्रदेशको पहिलो केबलकार लुम्बिनी केबलकारमा आन्तरिक तथा बा–ह् पर्यटकीय कार्यक्रमहरुमा उल्लेख्य बृद्धि हुदै गईरहेको पाईएको छ । विभिन्न संघ, संस्थाहरुको साधारण सभा, कार्यशाला गोष्ठी लगायतका कार्यक्रमहरु हुदै आएकोमा शनिवार रोटट्याक क्लब अप बुटवल साउथको समीक्षा बैठक लुम्बिनी केबलकारको टप स्टेशन तिनाउ –३ पाल्पा बशन्तपुर माँ कामाख्या मन्दिर परिशरमा सम्पन्न भएको छ । यही जनवरी ३ र ४ गते बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न भएको रोटट्याक क्लबको १७ औं डिस्ट्रिक कन्फेन्सको आयोजक मध्येको एक रोटट्याक क्लब अप बुटवल साउथको ५४१ औं नियमित बैठकको साथै समीक्षा बैठक माँ कामाख्या मन्दिर परिषरमा बुटवल साउथका अध्यक्ष सुदिप पौडेलको अध्यक्षता डिआरआर विक्रम क्षेत्रीको प्रमुख आथित्यता एवं पूर्व अध्यक्षहरु रितेश ज्ञवाली, ध्रुब के.सी., कृष्ण भुसाल, अमृत भुसाल, भुपेन पाण्डे, सुबिन खड्का आईपीपी, जेटआरआर दिवश खनाल, डिआरसी सदस्य रेशम खड्का रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष दुजेन्द्र बस्नेत लुम्बिनी केबलकार लिमिटेडका विभागिय प्रमुख रुपेश पौडेलको आतिथ्यता रोटट्याक क्लब अप बुटवल साउथका सहसचिब शकंर काफ्लेको सञ्चालनमा ४५ जना सदस्यहरुको सहभागितामा बैठक सम्पन्न भएको हो ।
सामाजिक विकाश, व्याक्तित्व विकाश, क्लबहरुको विकाश, सामुदयिक सेवा, अन्तराष्ट्रिय सेवा जस्ता कार्यहरुमा रोटट्याक क्लबको महत्वपूर्ण भूमिका रहदै आईरहेको छ । बैठकका प्रमुख अतिथि एवं डिआरआर विक्रम क्षेत्रीले बुटवलमा सम्पन्न भएको रोटट्याक क्लबको १७ औं डिस्ट्रिक कन्फेन्सको आयोजक मध्येको एक रोटट्याक क्लब अप बुटवल साउथले आयोजकको रुपमा खेलेको भूमिका अहिले सम्मको कार्यक्रम मध्येको उत्कृष्ठ कार्यक्रम रुपमा रहेको बताउदै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


बैठकमा बोल्दै लुम्बिनी केबलकारका विभागिय प्रमुख रुपेश पौडेलले रोटट्याक क्लबको १७ औं डिस्ट्रिक कन्फेन्समा लुम्बिनी केबलकार लिमिटेड टुरिज्म पार्टनरको रुपमा रहेको र आगामी दिनहरुमा पनि क्वल संग सहकार्य गरि अगाडि बढ्ने बताउनु भयो ।
लुम्बिनी केबलकारको टप स्टेशनमा माँ कामाख्या मन्दिरको साथसाथै एड्भेन्चर एक्टिभिटी अन्तरगत कपल स्वीङ्ग, जाईन्ट स्वीङ्ग, जिपलाईन, स्काई साईक्लिङ्ग, बालबालिकाको लागि बालउद्यान, ट्रेकिङ्गको लागि पर्याप्त स्थानका साथै सस्तो एवं सुपथ मूल्यका खाना तथा खाजाको लागि रेष्टुरेन्टको व्यवस्था रहेको लुम्बिनी केबलकारका अपरेशन म्यानेजर डिएन कायस्थ बताउनु भयो ।

लुम्बिनी केबलकारको टप स्टेशन बशन्तपुरमा कार्यक्रमको लागि सभाहल,बैठक कक्षहरु रहेको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ । उक्त सभाहल तथा बैठक कक्षहरुमा संघ, संस्थाहरुले कुनै पनि किसिमको कार्यक्रमहरु गर्दा निशुल्क उपलब्ध गराउने गरिएको म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो । यसका साथै पिकनिक, ड्राई पिकनिक, ट्रेकिङ्गको लागि समेत लुम्बिनी केबलकारको टप स्टेशनमा प्रयाप्त स्थानहरु रहेको लुम्बिनी केबलकारका म्यानेजर प्रज्वल घिमिरे बताउनु भयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर