spot_img

संबिधान संशोधन बिसयमा एमाले नेता भट्टराई को भनाइ

नेकपा एमालेका नेता खिमलाल भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले संविधान संशोधनकाे विषयमा बाेल्नु भएको कुरालाई लिएर नेपाली काँग्रेसका नेताहरु र अन्य विभिन्न सामाजिक संजालहरु उद्वेलित भएको देखियाे भन्नुभएको छ । सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुरा बताउनु भएको हो । एमालेको बिरुद्ध सामाजिक सञ्जालमा चर्को आक्रोश पोखेपछि भट्टराई ले उक्त टिप्पणीमा गर्नुभएको हो ।

संविधान संशोधन र कमरेड अध्यक्षकाे संवाेधन :
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले
संविधान संशोधनकाे विषयमा बाेल्नु भएको कुरालाई लिएर नेपाली काँग्रेसका नेताहरु र अन्य विभिन्न सामाजिक संजालहरु उद्वेलित भएको देखियाे ।
केन्द्रीय कमिटीको वैठकमा उहाँको संवाेधन सुनेको
मैले वुझेकाे कुरा यस्तो हाे :
संविधान संशोधनकाे लागि सरकारले आन्तरिक तयारी गरिराखेकै छ । यसकाे आवश्यकता र अौचित्यकाे विषयमा
अध्यक्षकाे कुनै फरक विचार छैन भन्ने स्पष्ट नै छ ।
तर अहिले संविधान संशोधनका लागि दुवै सदनमा चाहिने दुई तिहाई वहुमत नेकपा (एमाले) र नेपाली काँग्रेससँग छैन ।
राष्ट्रिय सभामा समेत दुई तिहाई नभई संविधान संशोधन
संभव छैन ।
आउने राष्ट्रियसभाकाे चुनावमा पनि गणितीय संख्या पुग्नेगरि जित्न मुश्किल छ । त्यसैले संविधान संशोधन काे निम्ति आवश्यक संख्या पुर्‍याउन २०८७ सालसम्म पर्खिनु पर्ने हुनसक्छ भनेर परिस्थितिकाे विश्लेषण गर्नु भएको हाे ।
आवश्यकताकाे सिद्धान्त अनुसार सही र सामयिक विषयमा संशोधन गर्न सत्तारूढ दलहरु तयार छँदैछन् । यसकाे अलावा अरु दलहरु समेत तयार हुँदा संशोधनकाे प्रक्रियामा ढिलाई हुने प्रश्नै छैन ।
कमरेड अध्यक्षकाे संबाेधनकाे मूल मर्म यही नै हाे ।
सात वुँदामा संविधान संशोधनकाे वुँदा के देखेका थिए
कतिपयले आफ्नाे अतिवादी विचारकाे प्रचार थालेका छन् ।
त्याे चाहिँ संभव छैन ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर