spot_img

लुम्बिनी केबलकार लिमिटेड र स्कलर्स होम विद्यालय बीच सम्झौता

लुम्बिनी केबलकार लिमिटेड र स्कलर्स होम विद्यालय बीच सम्झौता

रुपेश पौडेल
बुटवल पौष २४

लुम्बिनी क्षेत्रको पर्यटन विकाशमा महत्वपूर्ण भूमिका खेलिरहेको लुम्बिनी केबलकार लिमिटेड र बुटवलको शैक्षिक क्षेत्रमा योगदान गरिरहेको स्कलर्स होम बोडिङ्ग हाई स्कुलका बीचमा सम्झौता भएको छ । सम्झौता बमोजिम स्कलर्स होम बोडिङ्ग हाई स्कुलमा अध्ययनरत विद्यार्थी एवं अध्यापन गराउने शिक्षक शिक्षिकाहरुले लुम्बिनी केबलकारको यात्रा गर्दा विशेष छुट प्राप्त हुनेछ । सम्झौतामा लुम्बिनी केबलकारको तर्फबाट अपरेशन म्यानेजर डिएन कायस्थ तथा स्कलर्स होम बोडिङ्ग हाई स्कुलका तर्फबाट प्रिन्सिपल बाबुराम बञ्जाडेले हस्ताक्षरमा गर्नुभएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।
लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । युरोपियन टेक्नोलोजी अन्तरगत विश्वविख्यात केबलकार निर्माता कम्पनी डोपलमायरले लुम्बिनी केबलकारको निर्माण गरेको हो । डोपलमायर कम्पनीले हाल सम्म विश्वभर १५ हजार भन्दा बढि केबलकार निर्माण गरिसकेको र आधुनिक एवं पछिल्लो टेक्नोलोजीबाट लुम्बिनी केबलकार निर्माण भएको हो । यो केबलकारको यात्रा पूर्णरुपमा सुरक्षित एवं आवाज, धुलो, धुवा रहित रहेको र लुम्बिनी केबलकारको यात्रा बाट अन्नपूर्ण हिमश्रृखला सम्मको दृश्यालोकन, पहाडको अवलोकन गर्न सकिने लुम्बिनी केबलकारका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।
लुम्बिनी केबलकारको टप स्टेशन बशन्तपुरमा माँ कामाख्याको मन्दिर रहेको छ । कामाख्या देवीलाई पौराणिक मान्यता बमोजिम सतिदेवीको प्रारुप मानिन्छ । नेपाल र भारतका धार्मिक पर्यटकहरुको आस्थाको केन्द्रको रुपमा माँ कामाख्या मन्दिर रहेको म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।
माँ कामाख्याको मन्दिर संगसगै टप स्टेशन बशन्तपुरमा एड्भेन्चर एक्टिभिटी अन्तरगत कपल स्वीङ्ग, जाईन्ट स्वीङ्ग, जिपलाईन, स्काई साईक्लिङ्ग, बालबालिकाको लागि बालउद्यान, ट्रेकिङ्गको लागि पर्याप्त स्थान रहेको लुम्बिनी केबलकारका म्यानेजर घिमिरेले बताउनु भयो ।
स्कलर्स होम बोडिङ्ग हाई स्कुल बुटवलमा अवस्थित ए ग्रेडको स्कुल हो । वि.सं.२०४८ सालमा स्थापना भएको यस स्कुल हाल आई एस ओ सर्टिफाईड स्कुल अन्तरगत रहेको छ । हाल यस स्कुलमा मन्टेश्वरी कक्षा देखी प्लस टु तर्फ विज्ञान र व्यवस्थापन तथा ब्याचलर तर्फ बिबिएस सम्मको अध्ययन, अध्यापन हुने गरेको स्कलर्स होम बोडिङ्ग हाई स्कुलका प्रिन्सिपल बाबुराम बञ्जाडेले बताउनु भयो । हाल स्कलर्स होम बोडिङ्ग हाई स्कुलमा १७ संय विद्यार्थीहरु अध्ययनरत रहेको र आवाशिय तर्फ ७५ जना विद्यार्थीहरु रहेको प्रिन्सिपल बञ्जाडेले बताउनु भयो । स्कलर्स होममा अध्ययनरत विद्यार्थीहरु बुटवल, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका सम्मको रहेका छन् । आवाशिय तर्फ लुम्बिनी समेत अन्य प्रदेशका जिल्लाहरुका विद्यार्थीहरु रहेका छन् । बि.सं.२०७२ सालको एसएलसी परीक्षामा स्कलर्स होम स्कुलका विद्यार्थी छात्रा तर्फ नेपाल प्रथम हुनुका साथै ०७४ सालमा ४ जिपिए प्राप्त गरेको र मानवता, ज्ञान र अनुशासन भन्ने विद्यालयको मूल लक्ष्य रहेकोे प्रिन्सिपल बञ्जाडेले बताउनु भयो । शैक्षिक क्षेत्रका अतिरिक्त खेलकुदका क्षेत्रमा पनि यो स्कुल उत्कृष्ट रहेको र हाल फुटवल लगायत राष्ट्रिय स्तरका अन्य खेलकुदहरुमा समेत स्कलर्स होम स्कुलका पूर्व विद्यार्थीहरु रहेको प्रिन्सिपल बञ्जाडेले बताउनु भयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर