चिसो बढ्न थालेपछि रुद्रपुर धामिनाताल सामुदायिक वन उपभोक्ता समूहद्वारा निःशुल्क दाउरा वितरण
२०८१ पौष २३ मंगलबार गोबिन्द आचार्य
रुपन्देहीको कञ्चन गाउँपालिका वार्ड नम्बर ३ र ४ मा अवस्थित रुद्रपुर धामिनाताल सामुदायिक वन उपभोक्ता समुहद्वारा कञ्चन ३ र ४ का करिब ३५ वटा स्थानमा निःशुल्क दाउरा वितरण गरेको छ ।
पछिल्लो समय तराई क्षेत्रमा चिसो अत्याधिक मात्रामा बढ्न थालेपछि रुद्रपुर धमिनाताल सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्ताहरूलाई जाडोबाट बचाउनको लागि चोकचोकमा दाउरा वितरणको कार्यलाई अगाडि बढाएको संस्थाका सदस्य ठाकुर गौतमले बताउनुभयो ।
रुद्रपुर धमिनाताल सामुदायिक वन उपभोक्ता समूहद्वारा चोकचोकमा निःशुल्क दाउरा वितरण गरेकोमा कञ्चन गाउँपालिका वार्ड नं ३ हरैया निवासी नारायण पौडेलले शीतलहर परेको बेलामा यसरी दाउरा वितरण गरेकोमा खुसी व्यक्त गर्दै संस्थालाई धन्यवाद दिनुभयो साथै जाडोको समयमा आगो तापेर समय बित्ने र स्वास्थ्य पनि न्यानो हुने बताउनुभयो ।
चिसो बढेपछि कन्चन रुद्रपुर धामिनाताल सामुदायिक वन उपभोक्ता समूहद्वारा निःशुल्क दाउरा वितरण
प्रतिक्रिया