spot_img

चितवनमा न्यानो कपडा र स्टेसनरी वितरण गरेर फर्कदा सडक दुर्घटनामा गैरेको निधन

माडी, चितवन । माडीमा न्यानो लुगा वितरण गरी फर्किने क्रममा चितवन राष्ट्रिय निकुञ्जभित्र सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका नारायणगढका युवा व्यवसायी रमेश गैरेको निधन भएको छ ।

लायन्सक्ल अफ नारायणगढ प्रोफेसनलको आयोजनामा गत पौष १ गते माडीमा सम्पन्न न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा चितवन राष्ट्रिय निकुञ्जको जंगलमा कार दुर्घटनामा परि गैरे गम्भिर घाइते हुनुभएको थियो ।

नारायणगढको कमलनगरमा गगहाउस सञ्चालन गर्दै आउनुभएका ३८ बर्षीय उहाँको उपचारको क्रममा मंगलबार (आज) साँझ निधन भएको हो । दिवंगत गैरेको परिवारमा बुबा, आामा, श्रीमती, र तीनछोराहरु हुनुहुन्छ । गैरेको निधनले परिवार शोकमा डुवेको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर