spot_img

नेपाल पुलिस क्लब मदन भण्डारी इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रबेश

नेपाल पुलिस क्लब मदन भण्डारी इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रबेश

बुटवल।नेपाल पुलिस क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रबेश गरेको छ । बुटवलको रामनगर खेल मैदानमा आज भएको पहिलो सेमिफाइनमा गुजरात स्टेट भलिबल क्लबलाई ३–१ सेटको अन्तरले पराजित गर्दै पुलिस फाइनल प्रबेश गरेको हो ।

दोस्रो सेमिफाइनल भने प्रतिकूल मौसमका कारण स्थगित भएको छ । भोली बिहान ११ बजे त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीच दोस्रो सेमिफाइनल हुने आयोजकले जनाएको छ । आज भएको सेमिफाइनलको पहिलो सेट गुजरात स्टेट भलिबल क्लबले २७–२५ ले जितेपनि अन्य तीन सेट लगातार २५–१४, २५–२१ र २७–२५ अङ्कको अन्तरले पराजित गर्दै पुलिस क्लबले फाइनलमा ठाउँ पक्का गरेको हो ।फाइनल खेल भोली दिउँस २ बजे हुनेछ । पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागीता रहेको छन । प्रतियोगिताको विजेताले सात लाख ५० हजार, उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ७५ हजार र सान्त्वना हुने टोलीले एक लाख रुपैयाँ पाउनेछन् । यसैगरि प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु. २५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले रु. १० हजार प्राप्त गर्ने छन् ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर