शैक्षिक, शाहसिक र धार्मिक पर्यटकीय गन्तव्य बन्दै लुम्बिनी केबलकार
पछिल्लो समय बुटवल शैक्षिक, शाहसिक र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकशित हुदै गईरहेको छ । शैक्षिक अध्यययन अवलोकनको लागि बुटवलमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको साथै धार्मिक पर्यटकहरुको संख्यामा उल्लेख्य बृद्धि भईरहेको छ । आज मात्र लुम्बिनी केबलकारमा अध्ययन अवलोकन र धार्मिक भ्रमणको लागि सयौंको संख्यामा नेपाली तथा भारतीय पर्यटकहरु आएको र ती मध्ये सुदुरपश्चिम प्रदेश अन्तरगत धनगढी –५ कैलालीमा अवस्थित नन्दिनाज एकेडमीका विद्यार्थीहरु रहेका थिए भने गण्डकी प्रदेश अन्तरगत गैडाकोट नगरपालिका वडा नं.–२ अवस्थित हरिराम हरिकृण्ण मन्दिरसंग आवद्ध हरिकृतन महिला विकाश समूहका सदस्यहरु रहेको लुम्बिनी केबलकार लिमिटेडका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।
नन्दिनाज एकेडमीका शिक्षक तथा विद्यार्थीहरुले केबलकार यात्राको अनुभूति गर्न केबलकारको प्रविधि बारे जानकारी हासिल गर्नका लागि आएको बताए । गैडाकोट नगरपालिका वडा नं.–२ बाट धार्मिक भ्रमणको लागि आएका हरिराम हरिकृण्ण मन्दिरसंग आवद्ध हरिकृतन महिला विकाश समूहका सदस्यहरुले माँ कामाख्याको दर्शनको लागि आएको बताए ।
“प्रकृति, प्रविधि र धार्मिक दर्शनको लागि आउने सबैको लागि लुम्बिनी केबलकार गन्तव्यको रुपमा रहेको” केबलकारका अपरेशन म्यानेजर डिएन कायस्थले बताउनु भयो । प्रकृतिसंग रमाउने पर्यटकहरु केबलकार बाट वन जंगलको साथै टप स्टेशन बशन्तपुरबाट आनन्दभुत गराउने दृश्यालोकन गर्न केबलकारको माथिल्लो टप स्टेशनमा रहेको स्काई साईक्लिनिङ्ग, जाईन्ट स्विङ्ग, जिपलाईनमा सहभागि हुनका लागि आउने गरेको, विद्यार्थीहरु केबलकारको प्रविधिको बारेमा जानकारी हासिल गर्नका लागि एवं अन्य माँ कामाख्या मन्दिरको दर्शनका लागि नेपाल र भारतबाट पर्यटकहरु लुम्बिनी केबलकारमा आउने गरेको अपरेशन म्यानेजर कायस्थले बताउनु भयो ।
बुटवलबाट १२ मिनेट केबलकारको रमणीय यात्रा बाट बशन्तपुरमा पुग्न सकिन्छ । केबलकारको माथिल्लो स्टेशन बशन्तपुरमा नेपालको एकमात्र शक्तिपीठ माँ कामाख्या देवीको मन्दिर रहेको छ । केबलकारको यात्रा बाट बुटवल शहर, सिद्धबाबा मन्दिर, तराई, पहाड हरियाली वन जंगल एवं उत्तर तर्फको अन्नपूर्ण हिम श्रृखला, दक्षीण तर्फ गौतम बुद्ध बिमानस्थलदेखि भारतको केही भूभागको दृश्यालोकन गर्न सकिन्छ । लुम्बिनी केबलकारको यात्रा बाट एकै साथ तराई, पडाह र हिमालको अनुभूति गर्न सकिने म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।
अहिले जाडो मौषमको शुरुवात संगसगै तराईको क्षेत्र शितलहरको प्रवाहमा रहेको र केवलकारको टप स्टेशन तिनाउ– ३ पाल्पा बशन्तपुरमा दिनभर घाम लाग्ने खुल्ला मौषम हुने भएकोले दैनिक संयौको संख्यामा यात्रुहरु बुटवल गोलपार्क केबलकार चोक हुदै केबलकारको माध्यमबाट तिनाउ –३ पाल्पा बशन्तपुर पाल्पा जाने गरेको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ । समुद्री सतहबाट झण्डै ३ हजार फिटको उचाँईमा रहेको केबलकारको माथिल्लो स्टेशनमा तापक्रम तराई–मधेशको भन्दा फरक हुने गर्दछ । तराई–मधेस क्षेत्रका चिसो हुँदा टप स्टेशनमा दिनभर घाम लाग्ने, न्यानो वातावरण हुने गर्दछ भने गर्मीयाममा तराई–मधेसको तापक्रम ४० डिग्री पुग्दा मात्र २८–३० डिग्री हुने लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।
शैक्षिक, शाहसिक र धार्मिक पर्यटकीय गन्तव्य बन्दै लुम्बिनी केबलकार
प्रतिक्रिया