spot_img

युवा सञ्जाल सैनामैना ५ को अधिवेशन: अध्यक्षमा घिमिरे निर्वाचित

युवा सञ्जाल सैनामैना ५ को अधिवेशन: अध्यक्षमा घिमिरे निर्वाचित
प्रदिप ज्ञवाली
पुस १८ बिहीबार
सैनामैना । सैनामैना नगरपालिका वडा नं ५ मा रहेको युवा सञ्जालको प्रथम साधारणसभा एवम् अधिवेशन सम्पन्न भएको छ । सञ्जालको अधिवेशनबाट राजेन्द्र घिमिरे पुन: निर्वाचित हुनु भएको छ ।
सञ्जालको उपाध्यक्षमा भिमराज पुन , मेघराज अर्याल , सचिवमा मिनप्रसाद पाण्डे , सहसचिव शर्मिला जि सि , कोषाध्यक्षमा सपना वि. क. रहने गरि २५ सदस्यीय समिति गठन गरिएको हो ।
आैपचारिक कार्यक्रम राजेन्द्र घिमिरेको अध्यक्षता , वडा अध्यक्ष धनप्रसाद पाैडेलको प्रमुख आतिथ्यता , सल्लाहकार बसन्त कुमार श्रेष्ठ , वडा सदस्य तथा नगर कार्यपालिका सदस्य मनकुमारी राई, समाजसेवी दिपिका शर्मा , टोल विकास संस्थाका अध्यक्ष लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।
सञ्जालका उपाध्यक्ष मेघराज अर्यालको स्वागत एवम् मिनप्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर